रामेछापमा यात्रु सहायत कक्ष सञ्चालनमा,सवारी आवागमनमा थप कडाई

रामेछापमा यात्रु सहायत कक्ष सञ्चालनमा,सवारी आवागमनमा थप कडाई

चाडपर्वलाई मध्यनजर गरेर रामेछापमा प्रहरीले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । दसैँ, तिहारलाई लक्षित गर्दै रामेछाप प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले रामेछाप सदरमुकाम मन्थली ,सेलेघाट र खिम्तीमा यात्रु सहायता कक्ष स्थापना गरेको हो । दसैँ, तिहार जस्ता चाँडपर्वमा हुने यात्रुको चाप, यात्रुमा हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावना लगायतका विषयलाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेले जानकारी दिनुभयो ।

यात्रु सहायता कक्षमा यातायातका साधन चल्ने समयसम्म प्रहरी रहेर यात्रुहरूलाई सेवा दिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समय जस्ता कुराहरू यात्रुहरूले सहायता कक्षमा सोध्न सक्नेछन् । चाडपर्वलाई लक्षित गर्दै जिल्लामा सवारी आवागनमा थप कडाई गरिएको उहाँले बताउनभुयो ।केहि दिन अघि यात्रुहरुले सार्वजनिक सवारी साधनले तोकेभन्दा पचास प्रतिशत बढी भाडा लिएको गुनासो गरेपछि जिल्ला ट्राफिक प्रहरीले बढी भाडा लिएका सवारी साधनबाट यात्रुलाई पैसा फिर्ता गर्न लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार