रामेछापमा कोरोना संक्रमितको संख्या ३ सय १२ पुग्यो, ३८ जनाको रिपोर्ट आउन बाँकी

रामेछापमा कोरोना संक्रमितको संख्या ३ सय १२ पुग्यो, ३८ जनाको रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लामा आजसम्म २२ सय ५७ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये २ हजार ६३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ५६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अझै ३८ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । उनिहरुको रिपोर्ट केहि दिनमा आउने छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ५७ जना आईसोलेसनमा रहेका छन ।

जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय १२ पुगेको छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ५६ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय ५६ जनामा गरी ३ सय १२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म ३ जना क्वारेन्टिनमा रहेका छन ।

गोकुलगंगा गाउँपालिकामा ३ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । रामेछाप , मन्थली , दोरम्बा , खाँडादेवी, उमाकुण्ड , लिखु तामाकोशी र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय ८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार