स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने

स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने

नोवेल कोरोनाभाइरस कोभिड–१९ काकारण स्थगितकक्षा १२ को परीक्षामंसिर ९ गतेदेखि सञ्चालनहुने भएको छ । परीक्षातालिका र कार्यविधितयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालनगर्न लागिएको हो ।परीक्षा समयविहान ८ बजे सुरु हुने भएको छ । शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्नहुने अध्यक्षपौडेलले जानकारी दिनुभएको छ । कोभिड–१९ सङ्क्रमितविद्यार्थीलाई भने बोर्डले परीक्षामा सहभागीनहुन अनुरोध गरेको छ । सङ्क्रमितहरूलाई कोरोनामुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्थागरिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार