दोस्रो चौमासिकसम्म आईपुग्दा रामेछाप नगरपालिकाको वितिय प्रगति ४६.४२ प्रतिशत

दोस्रो चौमासिकसम्म आईपुग्दा रामेछाप नगरपालिकाको वितिय प्रगति ४६.४२ प्रतिशत

रामेछापको रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ४६.४२ प्रतिशत वितिय प्रगति हासिल गरेको छ । नगरपालिकाले दोस्रो चौमासिकसम्म आईपुग्दा कुल बजेटको ५५.६५ प्रतिशत रकम खर्च गरेको हो । आ÷व २०७७÷७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कुल बजेट ६३ करोड ७४ लाख ७८ हजार २ सय ५६ विनियोजन भएकोमा देस्रो चौमासिक अवद्यिमा चालु खर्च तर्फ २१ करोड ५२ लाख ५१ हजार ३ सय ७१ रुपैयाँ खर्च गरेको हो ।

नगरपालिकाले पूजिगत तर्फ ८ करोड ६ लाख २९ हजार ३ सय २२ रुपैयाँ अर्थात ३२.६९ प्रतिशत रकम खर्च गरेको छ । नगरपालिकाले वडा नं ४ हिमगंगा तिलबारीमा दोस्रो चौमासिक प्रगती समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना उक्त कुराको जानकारी गराएको हो । नगरपालिकाको सबै वडा र नगरपालिकाको राजश्व शाखाबाट २०७७ साल फागुन मसान्तसम्म आईपुग्दा जम्मा ३७ लाख ६७ हजार ८ सय राजश्व असुली गरेको छ । जुन निकै कम हो ।

कारोना भाईरसका कारण राजश्व संकलनमा कमी आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा उप्रमुख सृजना खड्का,प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे र वडा नं ४ का वडाअध्यक्ष ट्ुपेन्द्र तामाङले नागरीकहरुले राखेका प्रश्न तथा गुनासाहरुको जवाफ दिएका थिए । कार्यक्रममा सहभागी नागरीकहरुले कृषि,शिक्षा,स्वास्थ्य,सडक लगायतका बारेमा प्रश्न गरेका थिए ।

नगरपालिकाको चालू आ÷व २०७७÷७८ को दोस्रो चौमासिक अवद्यि सम्मको भौतिक तथा वितिय प्रगति विवरण नगरपालिकाका योजना शाखा प्रमुख होम बं थापाले प्रस्तुत गर्नुभयो । नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाघरे,नेपाली कांग्रेस रामेछाप नगरपालिकाका सभापति कमल विक्रम कार्की,माओवादी केन्द्र रामेछाप नगरका अध्यक्ष मोति तामाङ र एमाले रामेछाप नगरका अध्यक्ष डेक बं तामाङले कार्यक्रममा नगरपालिकाको विविध विषमा आफनो भनाई राखेका थिए ।

नगरपालिकाका अधिकृत नारायण सुवेदीले सन्चालन गर्नुभएको कार्यक्रममा रामेछाप नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरु,जनप्रतिनिधी,पत्रकार वडा तथा नगरका स्थानिय लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार