स्नेहा र श्रृष्टिले खुत्रुकेमा जम्मा गरिएको रकमबाट सडक मानवलाई भोजन

संयुक्त राज्य अमेरिका बस्दै आउनुभएका समाजसेवी अन्जना जोशी एवम् श्रवण श्रेष्ठका दुई छोरीहरु स्नेहा र श्रृष्टिले अनावश्यक खर्च कटौती गरेर खुत्रुकेमा जम्मा गरिएको नेपाली दश हजार रकम सयौंको संख्यामा काठमाडौका विभिन्न सडकपेटी, पुलमूनी र ढलको पाइपभित्र भोक भोक रात बस्न बाध्य भएका गरीब, दुःखी, वृद्ध, शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्तिहरुलाई खाना खुवाउन सहयोग गरेका […]

नेवाः समाजको कार्य बिस्तारमा केन्दिय समिति

नेवाः समाज अमेरिकाका केन्द्रिय पदाधिकारीहरुले “आफिनो जाती, पहिचान र संस्कारको संरक्षण र सम्बर्धनको लागि अमेरिकाको ५० वटै राज्यहरुमा प्रचार प्रसारमा लागिपरेका छन् ।” किशोर प्रधानको नेतृत्वमा रहेको ८ केन्द्रिय समितिहरुले आइताबार भर्जिनियाको ऐनरायीकोमा नेवाः समाज विकासको लागि मानव जीवनमा आइपर्ने विभिन्न प्रकारका नेवाः संस्कार, भेष, भुषा, भाषा, लिपी र पिता पुर्खादेखी चल्दै आएको संस्कार र […]

जापानमा कामदार पठाउने १४ वटा मेनपावर कम्पनी निलम्बनमा

नेपाली कामदारलाई जापान पठाउने १४ वटा म्यानपावर कम्पनी निलम्बनमा परेका छन् । जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरी श्रम स्वीकृति लिई नेपाली कामदारलाई जापान पठाउने व्यवसायीको अनुमति पत्र निलम्बन गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । निलम्बनमा पर्नेमा गुड लाइफ इन्टरनेशनल इम्प्लोमेन्ट एजेन्सी, सत्यवती ओभरसिज, डीएन इन्टरनेशनल, रोयल ओभरसिज, जब्स ग्लोबल, […]

१० महिनामै रामेछापका ५ हजारभन्दा बढी युवा विदेश गए

विगत केहि बर्षको तथ्याङक हेर्नेहो भने प्रत्येक बर्ष रामेछापबाट रोजगारी गर्न विदेश जाने युवाहरुको संख्या बढ्दै गएको छ । १० महिनामै रामेछापका ५ हजारभन्दा बढी युवा विदेश गएका छन । आर्थिक वर्ष २०७९/०८० मा रामेछापबाट ५ हजार ७ सय ५४ जना विदेश गएका हुन । यो आर्थिक वर्षको चैत्रसम्म ११ सय ५० जना महिला र […]

आज १ सय ३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १सय ३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘मर्यादित श्रम, सुरक्षित रोजगारः विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ यो दिवस मनाइँदै छ ।सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस […]

रामेछापका लाक्पा शेर्पा कोरियामा सम्मानित

दक्षिण कोरियामा भाषा अनुवादकको रुपमा काम गर्दै आईरहेका रामेछापका एक युवा त्यहाँको स्थानिय सरकारबाट सम्मानित भएका छन् । रामेछापको उमाकुण्ड गाउँपालिका–४, भण्डार स्थायी घर भई हाल दक्षिण कोरियामा रहेका लाक्पा शेर्पालाई दक्षिण कोरियाको स्थानिय ख्याङ्गिदो सरकारले सम्मानित गरेको हो । सन् २०२१ भरिमा भाषा अनुवादकको रुपमा राम्रो काम गरेको भन्दै त्यहाँको सरकारले उनलाई सम्मान गरेको […]

आजबाट सन् २०२२ सुरु

अङ्ग्रेजी नयाँ वर्ष आजबाट सुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको हो । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको इतिहास रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ। जुलियन पात्रो शासक […]

कोरोनाको नयाँ भेरिएन्टले चिन्ता बढायो : विश्व स्वास्थ्य सङ्गठन

विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकामा फेला परेको कोरोनाको नयाँ स्वरुप ‘ओमिक्रोन’ बढी सङ्क्रामक गराउने बताएको छ । सङ्गठले कोरोना भाइरसको नयाँ स्वरुपलाई लिएर चिन्ता व्यक्त गर्दै यो भाइरस तीव्र गतिमा म्युटेट हुने हुँदा थप सङ्क्रामक भएको बताएको छ । यो भाइरस निकै तिव्र गतिमा र धेरै सङ्ख्यामा म्यूटेट हुने प्रजाति रहेको पनि सङ्गठनले चेतावनी दिएको […]

हिमाली क्षेत्रको संवेदनशीलतालाई विश्व जगतले बुझ्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड

प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारणले नेपालको हिमाली क्षेत्र दिन प्रतिदिन प्रभावित हुँदै गैरहेको बताउनु भएको छ । यसको संवेदनशिलताप्रति नेपाल मात्र नभइ सिङ्गो विश्व चिन्तित हुनुपर्ने उहाँको भनाइ छ । संयुतm अधिराज्य (बेलायत) को ग्लास्गोमा गएराति आयोजित जलवायू परिवर्तनसम्बन्धी विश्वसम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले हिमाली क्षेत्रको संवेदनशीलतालाई विश्व जगतले नजिकबाट नियाल्नु पर्ने बताउनु भएको […]

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन आजदेखि सुरु हुँदै 

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२६) आजदेखि सुरु हुँदैछ । स्कटल्याण्डको ग्लास्गोमा सुरु हुने सम्मेलन नोभेम्बर १२ सम्म चल्नेछ । सम्मेलनमा सहभागित हुन नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोली त्यसतर्फ गएको छ । सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधिहरू र नागरिक समाज, व्यावसायिक क्षेत्र र सञ्चारमाध्यमका प्रतिनिधिहरूसहित हजारौँ मानिसभेला हुँदैछन् । विश्व नेताहरूको शीर्ष सम्मेलन […]