तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापमा सम्पन्न,१६ विधामा अवार्ड वितरण

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापमा सम्पन्न,१६ विधामा अवार्ड वितरण

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापमा सम्पन्न भएको छ । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार स्थित श्री गौरीशंकर माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी महोत्सवको समापन गरिएको हो ।

रामेछाप नरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले रामेछाप नगरपालिकामा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो । नगरपालिकाका विभिन्न ठाउँहरुलाई देश तथा विदेशमा चिनाउन यस्तो कार्यक्रमहरुले महत्वपुर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा पूर्व चलचित्र विकास बोर्डका अध्यक्ष एवं निर्देशक दयाराम दाहालले ग्रामीण परिवेशमा बनेका उत्कृष्ट फिल्म,सर्ट फिल्म तथा डकुमेन्ट्री घोषणा गर्नुभयो । विभिन्न १६ विधामा अवार्ड समेत वितरण गरिएको छ ।

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव अवार्ड विजेता :  १. बेस्ट फिल्म- सतीदेवी २. जुरी मेन्सन अवार्ड- फिल्म विच्छेद ३.बेस्ट प्रोडक्सन कम्पनी- सिनेमा आर्ट्स नेपाल ४. बेस्ट निर्देशक फिचर फिल्म – निस्चल बस्नेत ( दिमाग खराब) ५. बेस्ट स्क्रिन प्ले फिचर फिल्म – लक्ष्मण सुवेदी फिल्म सतीदेवी ६. बेस्ट एक्टर फिचर फिल्म- दयाहाङ राई फिल्म नाङ्गो गाउँ ७. बेस्ट एक्ट्रेस जुरी मेन्सन अवार्ड- मलिका महत सतीदेवी ८. बेस्ट एक्ट्रेस फिचर फिल्म – स्वस्तिमा खड्का फिल्म दिमाग खराव ९.बेस्ट म्युजिकल शर्ट फिल्म – अन्तै माया रणधीर श्रेष्ठ १०.बेस्ट शर्ट फिल्म जुरी मेन्सन अवार्ड – रित्तो गाउँ रामजी ज्ञवाली ११. बेस्ट शर्ट फिल्म- मदर- परिच्छेद सेन १२. बेस्ट डकुमेन्ट्री- द आइरन डिगर – अनिल बुढा मगर १३. बेस्ट एडिटर – बनिश शाह- नाङो गाउँ १४. बेस्ट सिनेम्याटोग्राफर- संकल्प भुजेल बिच्छेद १५. बेस्ट कलरिस्ट- राजेन्द्र मोक्तान – दिमाग खराब १६.बेस्ट कल्चरल फिल्म- माराङ (मगर भाषा) बुद्दिया एस मगर ।

सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न चलचित्रका निर्देशक,निर्माता तथा कलाकारहरुको उपस्तिथी रहेको थियो । यहि वैशाख ६ गतेदेखी सुरु भएको महोत्सव सम्पन्न भएको हो । महोत्सवमा चर्चित चलचित्र दिमाग खराब,नाङ्गो गाउँ,बुलाकी,बिच्छेद,सतीदेवी र डेसानका साथै सर्ट फिल्म,डकुमेन्ट्री र विभिन्न भाषभाषीको चलचित्रहरु निशुल्क प्रदर्शन गरिएको थियो ।

रामेछाप नगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा भएको महोत्सवमा धेरै कलाकारहरु पनि सहभागी भएका छन । महोत्सवको पहिलो संस्करण गोरखाको लाप्राकमा र दोस्रो संस्करण काभ्रेको भकुन्डेबेसीमा सम्पन्न भएको थियो । तेस्रो संस्करण भने रामेछाप बजारमा भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार