रामेछापको डान्सिङटारमा आगलागीबाट ४ वटा घर गोठ जलेर नष्ट

रामेछापको डान्सिङटारमा आगलागीबाट ४ वटा घर गोठ जलेर नष्ट

रामेछापको रामेछाप नगरपालिका वडा नं. ६ डान्सिङटारमा आगलागी हुँदा ४ वटा घर गोठ जलेर नष्ट भएको छ । आईतबार(आज) दिउँसोकोे समयमा जङ्गलमा लागेको आगो गाउँमा पस्दा २ वटा घर र २ वटा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

आगलागीबाट जबर बहादुर गोले र तुलामाया मगरको घर जलेर नष्ट भएको बज्र समाज नेपालका अध्यक्ष समेत रहनुभएका सोही ठाउँका स्थानिय पूर्ण बहादुर मगरले जानकारी दिनुभयो ।

आगलागीबाट घरमा भएको सवै अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको हो । आगो अझै नियन्त्रणमा आउन सकेको छैन । स्थानियहरु आगो नियन्त्रणमा खटिएका छन । घटनाको क्षति बारे थप विवरण आउन भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार