रामेछापको साँघुटारमा आगलागीबाट ६ घर जलेर नष्ट

रामेछापको साँघुटारमा आगलागीबाट ६ घर जलेर नष्ट

रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारको ठाडा खोलामा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएको छ । आईतबार(आज) दिउँसो १२ बजेको समयमा जङ्गलमा लागेको आगो गाउँमा पस्दा यति धेरै क्षति भएको हो ।

आगलागीबाट दिर्घमान श्रेष्ठको १ वटा ढुङ्गाको छाना र २ वटा खरको छाना भएको घर जलेर नष्ट भएको छ । सोही ठाउँका खड्ग बहादुर कुमालको १ वटा जस्ताको छाना भएको घर,१ वटा ढुङ्गाको छाना भएको घर र १ वटा खरको छाना भएको मतान पूर्ण रुपमा जलेको वडा नं ३ का वडाअध्यक्ष दल बहादुर प्रधानले जानकारी दिनुभयो ।

घरमा लागेको आगो निभाउने क्रममा दिर्घमान श्रेष्ठ घाईते हुनुभएको छ । आगलागीबाट खड्ग बहादुर कुमालले पालेको ६० वटा ब्रोईलर कुखुरा पनि जलेर नष्ट भएको वडाअध्यक्ष प्रधानले जानकारी दिनुभयो । अगलागीबाट ६ घरको घरमा भएको सवै अन्नपात, लत्ताकपडा, नगद सवै जलेर नष्ट भएको हो । आगो अझै नियन्त्रणमा आउन सकेको छैन । स्थानियहरु आगो नियन्त्रणमा खटिएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार