रामेछाप नगरपालिका–७ डुँडेमा आगलागीबाट २ वटा घर जलेर नष्ट

रामेछाप नगरपालिका–७ डुँडेमा आगलागीबाट २ वटा घर जलेर नष्ट

रामेछापको रामेछाप नगरपालिका वडा नं. ७ डुँडेमा आगलागी हुँदा २ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आईतबार(आज) दिउँसोको समयमा जङ्गलमा लागेको आगो गाउँमा पस्दा २ घर जलेको हो ।

आगलागीबाट तेज बहादुर मगरको १ वटा जस्ताको छाना भएको घर र खरले छाएको २ वटा गोठ पूर्ण रुपमा जलेको छ । रोहित हायुको ३ वटा खरले छाएको गोठ र डेक बहादुर श्रेष्ठको १ वटा घर र गोठ जलेको स्थानिय रोहित हायुले जानकारी दिनुभयो ।

आगालागीबाट मानविय तथा पशुचौपाया क्षति नभएपनि घर भित्र रहेको धनमाल,अन्नपात,लत्ताकपडा सबै जलेर नष्ट भएको उहाँले बताउनुभयो । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार