वैशाख ६,७ र ८ गते रामेछाप बजारमा तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव हुँदै

वैशाख ६,७ र ८ गते रामेछाप बजारमा तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव हुँदै

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा हुँदैछ । यहि वैशाख ६, ७ र ८ गते तीन दिन ग्रामीण चलचित्र महोत्सव हुन लागेको हो । महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा चर्चित चलचित्र दिमाग खराब,नाङ्गो गाउँ,बुलाकी,बिच्छेद,सतीदेवी र डेसान निशुल्क हेर्न पाईने छ । श्री गौरीशंकर माध्यमिक विद्यालयमा चलचित्र महोत्सव संचालन हुनेछ । वैशाख ६ गते बिहिबार बिहान १० देखी १२ बजेसम्म नाङ्गो गाउँ,दिउँसो १२ देखी २ बजेसम्म दिमाग खराब र दिउँसो ३ देखी ५ बजेसम्म विच्छेद चलचित्र प्रदर्शन हुने छ ।

वैशाख ७ गते शुक्रबार दिउँसो २ देखी ४ बजेसम्म डेसान र ४ देखी ६ बजेसम्म बुलाकी चलचित्र प्रदर्शन हुने छ । वैशाख ८ गते शनिबार बिहान १० देखी १२ः३० बजेसम्म सतिदेवी चलचित्र प्रदर्शन हुने छ । महोत्सवमा चर्चित चलचित्रका साथै सर्ट फिल्म,डकुमेन्ट्री र विभिन्न भाषभाषीको चलचित्रहरु प्रदर्शन हुने कार्यक्रम संयोजक एवं फिल्म निर्देशक कमल एक्चै मगरले बताउनुभयो ।

साथै महोत्सवमा ग्रामीण कथा र नेपाली चलचित्र,पर्यटन र चलचित्र, चलचित्र र स्थानिय सरकार विषय सिनेमा संवाद कार्यक्रम पनि हुने छ । सेलिब्रेटी नेपालले महोत्सवको आयोजन गरेको हो । रामेछाप नगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा हुन लागेको महोत्सवमा धेरै कलाकारहरु पनि सहभागी हुने र ति कलाकारहरुसँग साक्षात्कार गर्न पाइने आयोजकले जनाएको छ ।

महोत्सव पहिलो संस्करण गोरखाको लाप्राकमा र दोस्रो संस्करण काभ्रेको भकुन्डेबेसीमा सम्पन्न भएको थियो । तेस्रो संस्करण भने रामेछाप बजारमा हुन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार