रामेछाप नगरपालिकाको १४ औं नगर सभामा भएका निर्णयहरु सार्वजनिक

रामेछाप नगरपालिकाले १४ औँ हिउँदे नगर सभा बुधवार सम्पन्न गरेको छ । नगरपालिकाले बिहिवार (आज) कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर सो कुराको जानकारी दिएको छ । रामेछाप नगरपालिकाका प्रबत्ता समीर कार्कीले एक प्रेस विज्ञप्ती जारी गर्दै नगर सभामा भएका निर्णयहरु सार्वजनिक गर्नुभयो । प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ – समग्रमा रामेछाप नगरपालिकाको चालु आ.व २०८०/८१ […]

चालु आव २०८०/८१ को हालसम्म रामेछाप नगरपालिकाको प्रगति २०.८६ प्रतिशत

रामेछाप नगरपालिकाको चालु आर्थिक बर्ष २०८०/८१ को हालसम्म अर्थात पहिलो चौमासिक अबद्यिसम्म २०.८६ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । नगरपालिकामा संचालित विकास आयोजना तथा कार्यक्रमहरुको प्रभावकारीता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार (आज) सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका बरिष्ठ शाखा अधिकृत एवम सुचना अधिकारी होम बहादुर थापाले नगरको […]

किवी खेतीका लागि प्रस्ताव गर्न रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको आह्वान

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले किवी खेती विस्तार कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत किवी खेती विस्तार कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान गरेको हो । वडा नं १ मा सो कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै जनाएको छ । कार्यक्रममा सहभागी हुन इच्छुक […]

रामेछाप नगरपालिका–७ सुकाजोरमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवद्यिसम्म संचालन गरेको विकास निर्माण र सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आईतबार(आज) सम्पन्न उक्त कार्यक्रममा वडाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा वडाका प्राविधिक भागवत कुमार श्रेष्ठले जानकारी गराउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा सुकाजोरका हिमाल […]

३३ स्वर्ण सहित गौरीशंकर माविले जित्यो रास्ट्रपति रनिङ शिल्डको उपाधी

“स्वास्थ्यका लागी खेलकुद,राष्टका लागी खेलकुद”भन्ने मुल नाराका साथ रामेछापको रामेछाप नगरपालिकामा बिहिबारदेखि सुरु भएको छैटौँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता श्री गौरीशंकर माध्यमिक विद्यालयले जितेको छ । नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा श्री गौरीशंकर माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । गौरीशंकर माध्यमिक विद्यालयले विभिन्न खेलमा ३३ स्वर्ण, २७ रजत र […]

रामेछाप नगरपालिका–८ का महिला स्वास्थ्य स्वयमसेवीकालाई वडाको प्रोत्साहन

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ का ११ जना महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई वडाले विभिन्न सामग्री प्रदान गरेको छ । शुक्रबार(आज) एक कार्यक्रमको आयोजना गरी वडाले जाडोमा लगाउने सुईटर,झोला र जुत्ता प्रदान गरेको हो । वडाको विभिन्न टोल,बस्तीमा पुगेर नागरीकहरुको सेवा गर्दै आएका महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई प्रोत्साहन स्वरुप यी सामाग्रीहरु वितरण गरिएको वडाअध्यक्ष सन्तोष तामाङ्गले जानकारी […]

वृहत् रामेछाप महोत्सवको तयारी तिव्र,५० हजार दर्शकले अवलोकन गर्ने अनुमान

रामेछाप सदरमुकाम मन्थलीमा हुने ११ दिने वृहत् रामेछाप महोत्सव २०८० को तयारी तिव्र रुपमा भैरहेको छ । महोत्सवको आयोजक रामेछाप उद्योग वाणिज्य सङ्घले बिहीबार(आज) मन्थलीमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारीका बारेमा जानकारी दिएको हो । अहिलेसम्म महोत्सवको लगभग ४० प्रतिशत काम सम्पन्न भैसकेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापा मगरले बताउनुभयो । उहाँको अनुसार पौष […]

रामेछाप नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा छैटौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबार(आज)देखी सुरु भएको छ । बाग्मती प्रदेशका सांसद तारानारायण श्रेष्ठले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । प्रतियोगिताको उद्धघाटन गर्दै सांसद श्रेष्ठले खेल र खेलाडीको हौसलासँगै विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउनमा यस्ता प्रतियोगिताले धेरै सहयोग गरेको बताउनुभयो । स्वास्थ्यका लागी पनि […]

रामेछापको हल्देमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

रामेछापको हल्देमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा एक जनाको ज्यान गएको हो । लिखु तामाकोशी गाउँपालिका वडा नं ४ कोटगाउँ घर भएका ५७ वर्षीय कमलबहादुर तामाङको उपचारको क्रममा ज्यान गएको रामेछाप प्रहरीले जानकारी दिएको छ । तामाङको मन्थली स्थित रामेछाप सामुदायिक अस्पतालमा ज्यान गएको हो । […]

गोकुलगंगा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी सारदा माविले जित्यो

रामेछापको गोकुलगंगा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी सारदा माविले जितेको छ । विभिन्न विद्यामा भएको छात्रछात्रा प्रतियोगितामा ठोसेस्थित सारदा माविले ७ स्वर्ण, ९ रजत र ४ काश्यगरी २० पदक प्राप्त गरेको छ । सारदा माविले रनिङ शिल्ड उचालेसँगै जनजागृत माविले उपविजेतामा चित्त बुझाएको छ । उपविजेता बनेको जनजागृत माविले पनि २० पदक हात पारेको छ […]