आगलागीबाट गम्भिर घाइते वृद्धलाई हेलिकप्टर मार्फत काठमाण्डौँ पठाइयो

आगलागीबाट गम्भिर घाइते वृद्धलाई हेलिकप्टर मार्फत काठमाण्डौँ पठाइयो

रामेछापको मन्थली नगरपालिका वडा नं ९ पुरानो गाउँमा आगलागीमा परी एक वृद्ध गम्भिर घाइते हुनुभएको छ । आज(बिहिबार) बिहान ९ बजेको समयमा पुरानो गाउँ लामाटोलकी वर्ष ८५ की लालमाया तामाङ्ग आगलागीमा परि गम्भिर घाइते हुनुभएको हो ।

आफ्नै बारीमा सुकेको पत्कर पोल्ने क्रममा अचानक उहाँको शरिरमा आगो सल्किदा उहाँ घाईते हुनुभएको हो । आगलागीबाट गम्भिर घाइते तामाङ्गलाई स्थानिय र प्रहरीको सहयोगमा श्रीयरलाईन्स कम्पनीको हेलिकप्टर मार्फत बर्निङ अस्पताल काठमाण्डौँ पठाइएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार