रामेछापको भिरपानीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

रामेछापको भिरपानीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

रामेछाप जिल्लाको खाँडादेवी  गाउँपालिका वडा नं. ३ भिरपानीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बा.८९प. ४३८२ न. को मोटरसाईकलका चालक रामेछापको मन्थली नगरपालिका –२ कठजोर बस्ने बर्ष २६ को अशोक नेपालीको उपचारको क्रममा सिन्धुलीको खाल्टे अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज (सोमबार) दिउँसो १ बजेको समयमा रामेछापबाट काठमाण्डौ जादै गरेको मोटरसाईकल भिरपानी चारघरे चोक नजिकै आफै अनियन्त्रीत भई सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनामा परेका चालक नेपालीको टाउकोमा गहिरो चोट लागेको थियो ।

मोटरसाईकलमा  पछाडी सवार दोलखा जिल्लाको मेलुंङ गाउँपालिका २ घ्याङ बस्ने सन्जित दर्जीको अवस्था भने सामान्य रहेको रामेछापका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक प्रदीप कुमार सिंहले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार