रामेछाप पुराना गाउँमा आगलागीबाट गम्भिर घाइते वृद्धको मृत्यु

रामेछाप पुराना गाउँमा आगलागीबाट गम्भिर घाइते वृद्धको मृत्यु

रामेछापको मन्थली नगरपालिका वडा नं ९ पुरानो गाउँमा आगलागीमा परी गम्भिर घाइते वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । बिहिबार बिहान ९ बजेको समयमा पुरानो गाउँ लामाटोलकी वर्ष ८५ की लालमाया तामाङ्ग आगलागीमा परि गम्भिर घाइते भएकी थिइन् ।

उनलाई स्थानिय र प्रहरीको सहयोगमा श्रीयरलाईन्स कम्पनीको हेलिकप्टर मार्फत बर्निङ अस्पताल काठमाण्डौँ पठाइएको थियो । उनको उपचारको क्रममा गएराति ज्यान गएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

आफ्नै बारीमा सुकेको पत्कर पोल्ने क्रममा अचानक उनको शरिरमा आगो सल्किदा उनि गम्भिर घाईते भएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार