रामेछाप सुकाजोरका महिलाको क्षमता विकासको लागि उद्घोषण तालिम

रामेछाप सुकाजोरका महिलाको क्षमता विकासको लागि उद्घोषण तालिम

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले महिलाको क्षमता विकासको लागि उद्घोषण तालिम संचालन गरेको छ । तालिमको आज(मंगलबार) कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएकी रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले उद्धघाटन गर्नुभयो । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तालिममा सहभागीहरुलाई मनको डर भगाएर राम्रो उद्धघोषक बन्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले पछिल्लो समय वडाले महिलाहरुलाई सकृय बनाउन विभिन्न प्रकारका तालिम तथा कार्यक्रमहरु संचालन गर्दै आएको बताउनुभयो । उहाँले तालिममा सहभागीहरुले तालिम पश्चात आफ्नो टोल बस्तीमा हुने हरेक कार्यक्रमहरु संचालन गर्नुपर्ने बताउनुभयो ।

वडा नं ७ का वडा सदस्य रन्जिता कार्कीले वडामा रहेका महिलाहरुलाई सकृय बनाउन तालिमको आयोजना गरीएको बताउनुभयो । ७ दिनसम्म संचालन हुने तालिममा वडाका २० भन्दा बढी महिलाहरु सहभागी छन । तालिममा प्रशिक्षक युवराज श्रेष्ठले प्रशिक्षण दिनुहुनेछ । तालिममा मंञ्चिय उद्घोषण, भाषण कला, नेतृत्व र व्यक्तित्व विकास सम्बन्धि विभिन्न कुराहरु सिकाईने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार