रामेछाप हिमगंगाका कलेजो पीडित खत्रीद्वारा सहयोगको अपिल

रामेछाप हिमगंगाका कलेजो पीडित खत्रीद्वारा सहयोगको अपिल

रामेछापको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाका खिल बहादुर खत्रीले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । कलेजो रोगबाट पीडित खत्रीलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो । पारिवारिक स्रोतका अनुसार खत्रीको टिचिङ अस्पतालको सुरेश वाग्ले भवनको दोश्रो तल्लाको २३ नम्बर वेडमा उपचार भइरहेको छ ।

आर्थिक अवस्था निकै कमजोर रहेको ५१ वर्षिय खत्रीको उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिन उहाँको परिवारले सहयोगी मनहरुलाई अपिल गरेका हुन । बिरामीका भाई कपिल खत्रीले दाईको उपचारमा निक्कै समस्या भएको भन्दै सहयोगका लागि सबैसँग आग्रह गर्नुभयो ।

सहयोग गर्न चाहने सहयोगी मनहरुले तुलाराम खत्रीको राष्ट्रिय वाणिज्य बैँक बर्दिबासमा रहेको खाता नम्बर १५८०१००००००२९१०६ मा रकम जम्मा गर्न सक्नुहुनेछ । बिरामीको अवस्था र सहयोग सम्बन्धि थप जानकारीका लागी बिरामीका भाई कपिल खत्रीको मोबाईल नम्बर ९८४४०१५४१३ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार