रामेछापको कोलन्जोर घाट स्थित सुनकोशी नदिमा डुबेर एक पुरुषको मृत्यु

रामेछापको कोलन्जोर घाट स्थित सुनकोशी नदिमा डुबेर एक पुरुषको मृत्यु

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुर कोलन्जोर घाट स्थित सुनकोशी नदिमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।

मंगलबार बिहान अन्दाजी ८ बजेको समयमा निर्माणधिन पुलमा काम गर्ने मजदुरको नदिमा डुबेर मृत्यु भएको हो ।

मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं ५ अकोटेका अन्दाजी वर्ष ५२ का बल बहादुर लामाको शव फेला परेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार