रामेछाप टारका आगलागी पीडितलाई रामेछाप युके परिवारद्धारा चार लाख बढी सहयोग

रामेछाप टारका आगलागी पीडितलाई रामेछाप युके परिवारद्धारा चार लाख बढी सहयोग

रामेछापको रामेछाप नगरपालिका–९ टारका आगलागी पीडितलाई रामेछाप युके परिवारले चार लाख बढी रकम सहयोग गरेको छ । यहि चैत्र १ गते भएको आगलागीबाट घर जलेर नष्ट भएका १३ घर परिवारलाई ४ लाख २९ हजार २ सय ५५ रुपैयाँ सहयोग रकम प्रदान गरिएको हो ।

आज(मंगलबार) रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,वडा नं ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ्ग, रामेछाप युके परिवारका सल्लाहकार होम बहादुर सुनुवार सहितको टोली टार गाउँमै पुगेर पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो । वडा नं ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ्गको विशेष पहलमा उक्त रकम यहाँका आगलागी पीडितलाई प्राप्त भएको हो ।

रामेछाप युके परिवारका अध्यक्ष प्रताप लामाको समन्वयमा युकेमा बसोबास गर्ने ४१ जना नेपालीहरुले उक्त रकम सहयोग गरेका हुन । आगलागी पीडित १३ घर परिवारलाई प्रति परिवार ३३ हजारका दरले उक्त रकम हस्तान्तरण गरिएको छ । आगलागी पीडितलाई रकम हस्तान्तरण गर्दै रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेले सहयोगी मनहरु र रामेछाप युके परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

धेरै संस्था तथा व्यक्तिहरुले पीडितको घाउमा मलम लगाउने काम गरेको बताउनुभयो । उहाँले अब पीडितको घर बनाउने काममा नगरपालिका लागेको पनि बताउनुभयो । रामेछाप युके परिवारका सल्लाहकार होम बहादुर सुनुवारले विभिन्न विपदहरुबाट पीडित भएकाहरुलाई रामेछाप युके परिवारले सहयोग गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार