कलेजो ट्रान्स्प्लान्टका लागि सहयोगको अपिल

कलेजो ट्रान्स्प्लान्टका लागि सहयोगको अपिल

रामेछापको लिखु तामाकोशी गाउँपालिका ७ का ङने विश्वकर्माले आफ्नो उपचारका लागि आर्थिक सहयोगको लागि अपिल गर्नु भएको छ ।
कलेजोमा खराबी आएपछि विश्वकर्माको अहिले किस्ट हस्पिटलमा उपचार भैरहेको छ । कलेजोमा खराबी आई काम गर्न छाडेपछि ट्रन्स्प्लान्ट गर्नुको बिकल्प नभएको चिकित्सकले सल्लाह दिएको पारिवारिक श्रोतले बताएको छ ।

कलेजो ट्रन्स्प्लान्टको लागि ठूलो रकम आवश्यक पर्ने भएकाले आर्थिक सहयोग गरिदिनुहुन पीडित विश्वकर्माले सबैलाई आग्रह गर्नुभएको छ । कलेजो आफ्नै परिवारका सदस्यले उपल्ब्ध गराएपनि ट्रन्स्प्लान्ट्का लागि झन्डै ४० लाख आवश्यक पर्ने अस्पतालले जनाएको छ । उक्त रकम जुटाउन नसक्दा ट्रन्स्प्लान्ट गर्न नसकिएको पारिवारिक सदस्यले जनाएका छन ।

आर्थिक अवस्था कमजोर रहेकाले सहयोग गरिदिन सबैसंग बिश्वकर्माले आग्रह गर्नुभएको हो । करिब १ वर्ष अघिदेखि कलेजोको रोगको उपचार गराईरहेका बिश्वकर्मा अहिले निक्कै पीडामा हुनुहुन्छ ।

१ देखि १२ कक्षा अध्यन गर्दै गरेका ४ चार जना छोराछोरी छ्न । परिवारमा कमाउने आफू एक्लो भएको र ६ महिनादेखि बिरामी पर्दा आफ्ना छोराछोरीको स्कुलको शुल्क समेत तिर्न नसकेको बिश्वकर्मा बताउनुहुन्छ । शुल्क तिर्न नसक्दा बिध्यालयले परिक्षाबाटै बन्चित गरेको र आग्रह पश्चात विध्यालयले परिक्षा दिन दिए पनि आफ्नो बहिनिको रिजल्ट नदिएको बिश्वकर्माकी छोरी पबित्राले बताउनुभयो ।

उता आफ्नो समेत १२ कक्षाको अन्तिम परिक्षा नजिकिएको तर अझै ११ कक्षादेखि कै शुल्क तिर्न नसकेकाले परिक्षाबाट बन्चित हुनुपर्ने अवस्था आएको पवित्राको भनाइ छ । आफ्नो बुबा बिरामी भएपछि सबैकुराको चिन्ता थपिएको उहाँले सुनाउनुभयो ।

अहिले उहाँलाइ आफ्नो पढाई भन्दा पनि बुबाको उपचार कसरि गर्ने भन्ने चिन्ताले सताएको छ । बुबाको उपचारको लागि सहयोग गरिदिन उहाँले सबैसंग आग्रह गरेकि छिन । सहयोग गर्न चाहने सहयोगी मनहरुले लुम्बिनि बिकास बैंक मा पबित्रा रसैली (Pabitra Rasaili) को खातानम्बर ०६५१३०२०३१००७८०००००१ (06513020310078000001) मा सहयोग गर्न सक्नु हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार