रामेछापको मन्थलीमा टिपर दुर्घटनामा हुँदा चालकको ज्यान गयो

रामेछापको मन्थलीमा टिपर दुर्घटनामा हुँदा चालकको ज्यान गयो

रामेछापको मन्थली नगरपालिका वडा नं ७ स्थित मन्थली घाट नजिक टिपर दुर्घटना भएको छ । आज(सोमबार) बिहान अन्दाजी ६ बजेको समयमा टिपर दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनामा टिपर चालक रामेछापको गोकुलगंगा गाँउपालिका वडा नं ३ रस्नालुका अन्दाजी २३ बर्षिय पवित्र बस्नेतको घट्नास्थमै ज्यान गएको छ । दुर्घटनामा परी घाइते भएका सहचालक दोलखा जिल्ला तामाकोसी गाँउपालिका वडा नं ६ का अन्दाजी २१ वर्षका मनोज फुयाँलको अस्पतालमा उपचार भैरहेको छ ।

घाइतेको मन्थली नगर अस्पतालमा उपचार भैरहेको रामेछाप प्रहरीले जानकारी दिएको छ । भटौलीबाट मन्थली तर्फ वालुवा लिएर जाँदै गरेको बा प्र ०१–००६–३८३९ नं को टिपर सडक बाट करिब ५० मिटर तल तामाकोसी नदि किनारमा खसेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार