रामेछाप कारागारका ५ जना कैदीको सजाय मिनाहा
कारागार कार्यालय रामेछापबाट ५ जना कैदीबन्दीको सजाय मिनाहा भएको छ । १६ औं गणतन्त्र दिवसका अवसरमा देशभरका कैदीबन्दीले सजाय माफी मिनाहा पाएका कैदीहरुमध्ये रामेछाप कारागारमा रहेका ५ जना पनि कारागार मुक्त भएका हुन् । मिनाहा पाएर मुक्त हुनेमा कर्तव्य ज्यान मुद्धाका मन्थली नगरपालिका ९ का नवराज भनिने सन्जय तामाङ,उदयपुरका कैला भनिने परमेश्वर सदा,रामेछापको दोरम्बा शैलुङ […]