रामेछापको पुरानागाउँबासीले गाउँमै पाए जनस्वास्थ्य,कृषि र पशुपन्छीको विभिन्न सेवा

रामेछापको पुरानागाउँबासीले गाउँमै पाए जनस्वास्थ्य,कृषि र पशुपन्छीको विभिन्न सेवा

रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँमा एकीकृत घुम्ती सेवा शिविर सम्पन्न भएको छ । आईतबार मन्थली नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सहितको एकीकृत घुम्ती सेवा शिविर संचालन गरेको हो । जनस्वास्थ्य,कृषि र पशुपन्छीको विभिन्न सेवाहरु शिविरमा प्रदान गरिएको थियो ।

एकीकृत घुम्ती सेवा अन्तरगत स्वास्थ्य शिविरबाट ४१३ जनाले सेवा लिएका छन् । शिविरबाट १४२ जना पुरुष र २७१ जना महिलाले सेवा लिएको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य शिविरबाट १६४ जनाले जनरल सेवा, १५० जनाले आँखा सेवा, ५२ जनाले स्त्रीरोग सेवा,१५३ जनाले प्रयोगशाला सेवा र ४७ जनाले दन्त सेवा लिएका छन् ।

एकीकृत घुम्ती सेवा अन्तरगत कृषि सेवा तर्फ २२९ जना कृषकले कृषि विउबिजन,विषादी र प्राविधिक परामर्श सेवा लिएका छन भने सोही संख्यामा पशु सेवा तर्फ किसानहरुले विभिन्न सेवा लिएको मन्थली नगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार