विश्व रेडक्रस दिवसको अवसरमा रामेछापमा बिरामीलाई फलफूल वितरण

विश्व रेडक्रस दिवसको अवसरमा रामेछापमा बिरामीलाई फलफूल वितरण

मानवतालाई जीवित राखौं भन्ने नाराका साथ आज विश्व रेडक्रस दिवस मनाइएको छ । दिवसको अवसरमा रेडक्रम शाखा रामेछाप बजारले रामेछाप अस्पतालमा बेड भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेको छ ।

रामेछाप शाखाका सभापति रविन्द कुमार श्रेष्ठ (दिनेश),रामेछाप नगरपालिका ७ का वडाअध्यक्ष समिर कार्की,वडा नं ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ्ग सहितको उपस्थिीतीमा बिरामीलाई फलफूल वितरण गरेर दिवस मनाइएको हो ।

अस्पतालमा बेड भर्ना भएका १५ जना बिरामीलाई स्याउ,केरा,रियो र बिस्कुट वितरण गरिएको सभापति श्रेष्ठले बताउनुभयो । सन् १८६३ मा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष मनाइने विश्व रेडक्रस दिवस, मे ८ तारिखमा विश्वभर विश्वभरी मनाउने गरिन्छ ।

नेपाल रेडक्रस सोसाइटी रेडक्रस अभियानको एक अभिन्न अंगका रूपमा वि.सं. २०२० भदौ १९ गते स्थापना भएको हो । अहिले नेपालमा ९ लाख ३० हजार जना सदस्य तथा स्वयंसेवक नेपाल रेडक्रस सोसाइटीमा आबद्ध छन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार