भरुवा बन्दुक पड्कदा रामेछाप च्यास्कुमा एक पुरुष घाइते

भरुवा बन्दुक पड्कदा रामेछाप च्यास्कुमा एक पुरुष घाइते

रामेछापको रामेछाप नगरपालिका वडा नं ६ च्यास्कुमा भरुवा बन्दुक पड्कदा एक जना पुरुष घाइते भएका छन । यहि वैशाख ३१ गते राति अन्दाजी ८ बजेको समयमा सोही ठाउँ बस्ने अन्दाजी वर्ष ५२ को राम बहादुर तामाङ घाइते भएका हुन ।

भरुवा बन्दुक खेलाउदा उक्त हतियार पड्कदा बन्दुकको छर्रा,बारुदले उनको पेटमा लागी घाईते भएको रामेछाप प्रहरीले जानकारी दिएको छ । उनलाई उपचारको लागि रामेछाप अस्पताल ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागी पाटन अस्पताल काठमाण्डौमा पठाइएको प्रहरीले बताएको छ ।

घाइते तामाङको पाटन अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको बताइएको छ । उक्त १ नाल भरुवा बन्दुक र हतियारमा प्रयोग हुने बारुद जस्तो देखिने धुलो पर्दाथ समेत प्रहरीले बरामद गरेको छ । उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार