सरोकारवालाको बेवास्ताका कारण रामेछापको बिटार पार्क संरक्षणमा समस्या

सरोकारवालाको बेवास्ताका कारण रामेछापको बिटार पार्क संरक्षणमा समस्या

स्थानीय सरोकारवालाको बेवास्ताका कारण रामेछापको बिटार पार्क संरक्षणमा समस्या भएको छ । ५ वर्ष अघि भएको लकडाउनका बेला मानिसलाई दिन कटाउन र मनोरञ्जन लिन सहज होस् भन्ने उद्देश्यले रामेछापका सहयोगी मनहरूको सक्रियतामा यो पार्क बनेको थियो । तर हिजोआज भने यसप्रति कसैको चासो देखिएको छैन ।

विभिन्न दातृ निकायहरूसँग चन्दा मागेर करिब १ करोडको लगानीमा विभिन्न संरचनाहरू पार्कमा बनाइएको थियो । तर संरक्षणको अभावमा यहाँ निर्माण गरिएका संरचनाका सामानहरू नासिने र हराउने गरेको स्थानीयवासीको भनाई छ ।

विटार पार्कमा भ्यूटावर, बालबालिकाहरूका लागि खेल्ने सामग्री, जिम गर्ने सामग्री, धरहराको नमुना, वीरताको प्रतीक, लक्ष्मी प्रसाद देवकोटाको अर्ध कदको सालिक, हिउँ परेको हिमाललगायतका सामग्री थिए । तर नजिकै चिया चमेना गृह नहुनु, खानेपानीको व्यवस्था नहुनु र रोपिएका फुलहरू र बोटबिरुवाहरूसमेत नासिनुले सौन्दर्य हराउँदै गएको छ ।

रामेछाप नगरपालिकाका उप–प्रमुख बाल कुमारी कार्कीले नगरको पार्क संरक्षण गर्ने जिम्मेवारी आफ्नो पालिकाको भएको बताउनुभयो । अबको आर्थिक वर्षका लागि योजना तर्जुमा गर्दा विटार पार्कलाई संरक्षण र सम्बद्र्धन गर्ने गरी योजना बनाउने उहाँको भनाइ छ । रामेछाप जिल्लामा विटारसहित तीन लाल र पुष्पलाल गरी तीन वटा पार्क छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार