बच्चाहरुको हरेक किसिमको उपचार अब रामेछाप अस्पताबाटै हुने

बच्चाहरुको हरेक किसिमको उपचार अब रामेछाप अस्पताबाटै हुने

बच्चाहरुको हरेक किसिमको उपचार अब रामेछाप अस्पताबाटै हुने भएको छ । अस्पतालमा नियमित रुपमा बच्चाहरुको लागी ओपीडी,ईमर्जेन्सी र एसएनसियु सेवा सुरु भएको छ । यहि वैशाखको पहिलो हप्तादेखी नै यो सेवा सुरु भएको जिल्ला अस्पताल रामेछापका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठले बताउनुभयो ।

बाल रोग विशेषज्ञ डाक्टर नारायण यादवबाट नियमित रुपमा ओपीडी,ईमर्जेन्सी र एसएनसियु सेवा संचालन भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रेष्ठले बताउनुभयो । बच्चाहरुको विभिन्न रोगको उपचार यहि अस्पतालबाट हुने भएकाले आफ्ना बालबाच्चालाई उपचारका लागी ल्याउन पनि उहाँले आग्रह गर्नुभयो ।

चितवन मेडिकल कलेजमा बाल रोग विभागमा काम गरी अनुभव प्राप्त डाक्टरबाट बच्चाहरुको हरेक किसिमको उपचार अब रामेछाप अस्पताबाटै हुने अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले बताउनुभयो । अस्पतालमा धेरै सेवाहरु थप भएसँगै उपचार गर्न आउने बिरामीहरु पनि बढेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार