वनमा आगो लगाउदैँ हिडेका रामेछापका दुई भाई पक्राउ

वनमा आगो लगाउदैँ हिडेका रामेछापका दुई भाई पक्राउ

रामेछाप प्रहरीले जंगलमा आगो लगाएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । रामेछाप नगरपालिका १ गोठगाउँ र वडा नं ३ साँघुटारको विभिन्न जंगलहरुमा आगोलगाउँदै हिँडने दुई भाई पक्राउ परेका हुन ।

आगो लगाउँदै हिडेको आरोपमा लिखु तामाकोशी गाउँपालिकाका २३ वर्षीय अशोक महत र रामेछाप नगरपालिका–३ का सुवास महतलाई पक्राउ गरिएको हो ।

उनीहरु रामेछाप नगरपालिका–१ मा रहेको कालिका देवी गाईखुरा सामुदायिक वन ठुलीभिर नजिकैको जंगलमा आगोे लगाउँदै हिडेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सोही सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीप सिंहले बताउनुभयो । उहाँको अनुसार पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय वनमा आगोलागीको घटना बढीरहेकाले प्रहरीले आगो लगाउने व्यक्तिको खोजी कार्यलाई तिव्र बनाएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार