रामेछापको सुनापति गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

रामेछापको सुनापति गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

रामेछापको सुनापति गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न भएको छ । गाउँपालिकावाट चालु आर्थिक वर्ष २०८० /८१ को हाल सम्म प्रवाह भएको सार्वजनिक सेवाको प्रभावकारीता तथा विकास निर्माणको गुणस्तरियता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल कृष्ण श्रेष्ठले चालु आब को हालसम्म भएको कामहरुको बारेमा जानकारी गराउनुभयो । उहाँका अनुसार गाउँपालिकाले चालु आर्थिक वर्षमा ३० लाख राजस्व संकलन गर्ने लक्ष लिइएकोमा २९ लाख ८९ हजार, १३६ रुपैया राजस्व संकलन गर्न सफल भएको छ ।

गाउँपालिकामा १२८ वटा योजनाहरू सम्पन्न हुनुपर्नेमा हालसम्म ६६ वटा योजना सम्पन्न भई भुक्तानी समेत भइसकेको छ । यो अवधिसम्म काम सकिएका ४२ वटा योजनाको भुक्तानी हुन बाकी रहेको र ३३ वटा योजनामा धमाधम काम भइरहेको छ ।

१७ वटा योजनाहरूको काम हुन बाकी रहेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय नागरिकहरुले विकास निर्माण र सेवा प्रवाहको बारेमा हाक्का हाक्की वहस गरेका थिए । नागरीकहरुले सोधेका प्रश्नको जवाफ गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष प्रमुख प्रशासकिय अधिकृत र वडाअध्यक्षहरुले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार