प्रहरीलाई घुस दिन खोज्ने रामेछापका एक जना पक्राउ

भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा डिउटीमा खटिएका प्रहरीलाई घुस दिन खोजेको आरोपमा रामेछापका एक पुरुष पक्राउ परेका छन । मंगलबार साँझ मध्यपुरथिमिको मनोहरा पुलमा ट्राफिक चेकचाँचका क्रममा मोटरसाइकलले प्रहरीलाई ठक्कर दिएपछि एक हजार रुपैयाँ घुस दिन खोज्ने रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ घर भई ललितपुरको बालकुृमारी बस्ने २८ वर्षीय ज्ञाननारायण श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । काठमाडौंबाट […]

प्रचण्ड–माधव समूह रामेछापले मन्थलीमा निकाल्यो विजय जुलुस

संसद पुनर्स्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूह रामेछापले सदरमुकाम मन्थलीमा विजय जुलुस निकालेको छ । रामेछाप सदरमुकाम मन्थलीमा विजय जुलुस सहित भएको सभामा नेकपा प्रचण्ड–नेपाल समुह रामेछापका अध्यक्ष मैन कुमार मोक्तान,सचिव शान्ति पौडेल,जिल्ला ईन्चार्ज देवशंकर पौडेल लगायत नेकपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । सभालाई जिल्ला अध्यक्ष,सचिव,जिल्ला ईन्चार्ज लगायतले सम्बोधन गर्नुभयो । नेकपा प्रचण्ड–नेपाल […]

रामेछापको मुडाजोरमा हायु जातिको महान पर्व सुरु

लोपन्मुख जाति हायुको महान पर्व महाकाली देवीको पुजा आजदेखी रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ मुडाजोरमा सुरु भएको छ । वषौँदेखी नेपालको लोपन्मुख जाति हायुहरुले मनाउने महाकाली देवीको पुजा हरेक वर्ष मुडाजोरमा रहेको उप्छिमीरानी अर्थात महाकाली देवीको थानमा विशेष पुजाआजा सहित मनाउने गरिन्छ । महाकाली देवीको थानमा हरेक वर्ष मेला लाग्ने गर्छ । १ […]

रामेछापका २ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

रामेछापका दुई हजार एकसय भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय रामेछापका अनुसार पहिलो र दोश्रो चरणको खोप अभियान अन्तरगत जिल्लाका दुई हजार एकसय ८६ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाले पहिलो चरणको खोप अभियान अन्तरगत एक हजार ९३ जना र दोश्रो चरणको खोप अभियान […]

मन्थली नगरस्तरीय तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मन्थली माविले जित्यो

रामेछापको मन्थली नगरस्तरीय तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मन्थली माविले जितेको छ । मन्थली माविले प्रतियोगितामा ३१ स्वर्ण, २१ रजत र १७ कास्य पदक सहित ६९ पदक जित्दै प्रथम हुन सफल भएको छ । प्रतियोगीतामा कर्कला देवी अग्रेजी बोर्डिङ स्कुलले ५ स्वर्ण, ८ रजत र ९ कास्य गरी २२ पदक जितेको छ भने सेतीदेवी मावि […]

रामेछापका ९०२ जनाले लगाए कोरोना विरुद्धको खोप

खोप अभियान अन्तरगत हालसम्म रामेछापका ९ सय भन्दा बढीले खोप लगाएका छन् । खोप अभियान सुरु भएदेखी फागुन ९ गते आइतबारसम्म जिल्ला अस्पताल रामेछाप र मन्थली प्राथमिक स्वास्थ्य केन्द्र गरि दुईवटा खोपकेन्द्रबाट ९०२ जनालाई कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयका अनुसार दोश्रो चरणको […]

प्रहरी कार्यालय रामेछापको नवनिर्मित कार्यालय तथा ब्यारेक भवन उद्धघाटन

जिल्ला प्रहरी कार्यालय रामेछापको नवनिर्मित कार्यालय तथा ब्यारेक भवन आज एक कार्यक्रमका विच उद्धघाटन गरिएको छ । नव निर्मित कार्यालय तथा ब्यारेक भवनको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उद्धघाटन गर्नुभयो । कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका प्रहरी महानिरीक्षक क्षेत्रीले समयको परिवर्तन संगै आम नागरिकको प्रहरी प्रतिको आस्था र विश्वास एवं अपेक्षा समेत बढ्दै गईरहेकाले उच्च […]

रामेछाप सैपुमा १ लाख पुरस्कार राशी सहितको भलिबल प्रतियोगिता हुँदै

रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर २ सैपुमा जिल्लाकै उत्कृष्ठ पुरस्कार राशी भएको अन्तर माध्यमिक विद्यालय भलिबल प्रतियोगिता हुने भएको छ । “स्वास्थ्यका लागी खेलकुद,राष्टका लागी खेलकुद” भन्ने मुल नाराका जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)द्धारा निर्मित अरुणोदय माध्यमिक विद्यालयको चारकोठे विद्यालय भवन उद्धघाटनको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुनेले […]

रामेछाप नगरपालिका देउरालीमा भलिबल प्रतियोगिता हुँदै

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको वडा नम्बर २ देउरालीमा भलिबल प्रतियोगिता हुने भएको छ । वडा कार्यालयको आयोजनामा सितलादेवी माध्यमिक विद्यालयको वार्षिक उत्सवको अवर पारेर विद्यालय प्राङ्गणमा दुई चरणको भलिबल प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष नीर कुमार श्रेष्ठले जानaकारी जानकारी दिनुभयो । प्रतियोगिता फागुन २० गतेदेखि २४ गतेसम्म सितला देवी माविको प्राङ्गणमा हुने छ । दुई […]

मन्थली नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

“स्वास्थ्यका लागी खेलकुद,राष्टका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको मन्थली नगरपालिकामा तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी छ । हिजोदेखी सुरु भएको प्रतियोगिताको उद्धघाटन मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले गर्नुभयो । नगरपालिका भरीका माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका छन । मन्थली माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता जारी छ । प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड लगायतका खेलहरु खेलाईने […]