रामेछापमा थपिए १० जना कोरोना संक्रमित, आज २० जना निको

रामेछापमा थपिए १० जना कोरोना संक्रमित, आज २० जना निको

रामेछाप जिल्लामा आज १० जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा ५ जना,रामेछाप नगरपालिकामा २ जना,गोकुलगंगा गाउँपालिकामा २ जना र लिखुतामाकोशी गाउँपालिकामा एक जनाको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या २ हजार ३ सय ८२ जना पुगेको छ ।

यस्तै आज जिल्लामा २० जनाले कोरोना जितेका छन् । यो सँगै जिल्लामा कोरोना जित्नेकोे सङ्ख्या २ हजार २ सय १५ जना पुगेको छ । आज मन्थली नगरपालिकाबाट ३ जना,रामेछाप नगरपालिकाबाट ३ जना,उमाकुण्ड गाउँपालिकाबाट २ जना, खाँडादेवी गाउँपालिकाबाट २ जना,गोकुलगंगा गाउँपालिकाबाट ३ जना,लिखु तामाकोशी गाउँपालिकाबाट ६ जना र दोरम्बा गाउँपालिकाबाट १ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले १४६ जना कोरोनाका संक्रिय संक्रमित छन् । कोरोनाको दोश्रो लहर अन्तरर्गत अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट २१ जनाको ज्यान गएको छ । ३२ जनालाई भने जिल्लामा उपचार सम्भव नभएर थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार