रामेछापमा थपिए ११ जना कोरोना संक्रमित

रामेछापमा थपिए ११ जना कोरोना संक्रमित

रामेछाप जिल्लामा आज ११ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा ७ जना,खाँडादेवी गाउँपालिकामा २ जना र लिखु तामाकोशी गाउँपालिकामा २ जनागरी ११ जनामा एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या २ हजार ३ सय ७२ जना पुगेको छ ।

जिल्लामा कोरोना जित्नेकोे सङ्ख्या २ हजार १ सय ९५ रहेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले १५६ जना कोरोनाका संक्रिय संक्रमित छन् । कोरोनाको दोश्रो लहर अन्तरर्गत अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट २१ जनाको ज्यान गएको छ । ३२ जनालाई भने जिल्लामा उपचार सम्भव नभएर थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार