रामेछाप नगरपालिकामा कोसेली घर सञ्चालन, उपप्रमुखद्धारा उद्धघाटन

रामेछाप नगरपालिकामा कोसेली घर सञ्चालन, उपप्रमुखद्धारा उद्धघाटन

रामेछाप नगरपालिकामा आजबाट कोसेली घर सञ्चालनमा आएको छ । समाज सेवाजागृती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी कोसेली घर उद्घाटन गरेको हो । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले कोसेली घरको उद्धघाटन गर्नुभयो ।

स्थानीय स्तरमा उत्पादित वस्तुहरु नागकिहरुले सहजै प्राप्त गरुन् भन्ने उद्धेश्यले कोसेली घर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । स्थानीय स्तरमा पाईने अर्गानिक फलफुल गेडागुडी तरकारी लगायत उत्पादित अन्य समाग्री कोसेली घरबाट सुपथ मुल्यमा हरेक दिन विक्रि वितरण गरिने छ ।

रामेछाप नगरपालिकाको २ लाख अनुदान र समाज सेवा जागृती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २ लाख गरी ४ लाख लगानीमा कोसेली घर निर्माण गरिएको हो । स्थानीय स्तरमा उत्पादित चिज वस्तुहरु खरिद विक्रिका लागी कोसेली घर नागरीकको रोजाईमा पर्ने नगरपालिकाको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार