रामेछाप उमाकुण्डमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

रामेछाप उमाकुण्डमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

रामेछापमा कोरोना भाइरसका कारण फेरी एक पुरुषको मृत्यु भएको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ५ का वर्ष ३८ का एक पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । मृतक पुरुषको यहि २६ गते एन्टिजेन रिपोर्ट पोजेटिभ आएको थियो । उनी होम आईसोलसनमा बस्दै आएका थिए । उनको हिजो विहन मृत्यु भएको हो । यो सँगै जिल्लामा कोरोनाको दोश्रो लहर अन्तरर्गत कोरोना संक्रमित भएर ज्यान गुमाउनेको संख्या २१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार