खाँडादेवी गाउँपालिकाद्धारा ७५ प्रतिशत अनुदानमा कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण

खाँडादेवी गाउँपालिकाद्धारा ७५ प्रतिशत अनुदानमा कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण

रामेछापको खाडादेवी गाउँपालिकाले किसानलाई ७५ प्रतिशत अनुदानमा कृषि सामाग्री हस्तान्तरण गरेको छ । एक कार्यक्रमको बीच गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले कृषकहरुलाई कृषिजन्य सामाग्रीहरु हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले गाउँपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने गरी आफुहरु लागि परेको बताउनुभयो । गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिएको बताउन्ुभयो ।

गाउँपालिकाले किसानलाई ७५ प्रतिशत अनुदानमा ९ वटा मनिटिलर, १८ वटा मकै छोडाउने विद्युतीय मेसिन, घाँस काट्ने मेसिन ५ वटा, ब्याट्री स्प्रे ठूलो २७ र हाते ९ वटा, खाडाल खन्ने मेसिन एक वटा, सिकेन्चर २२ वटा, हजारी १२ वटा, सामाग्री हाल्ने क्रेट १ सय ४० वटा,फलफूल टिप्ने मेसिन ९ वटा, दाँते ११ वटा, रुंखको हाँग काट्ने सानो कैचीं १२ र ठूलो एक वटा, मकै छोडाउने हाते मेसिन ९ वटा डिजिटल ब्यलेन्स तराजु २१ वटा र सेलिङ प्लान्ट रुख रोप्ने मिसिन लगायतको सामाग्री उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार