रामेछापमा थपिए १७ जना कोरोना सङ्क्रमित, आज १४ जनाले कोरोना जिते

रामेछापमा थपिए १७ जना कोरोना सङ्क्रमित, आज १४ जनाले कोरोना जिते

रामेछाप जिल्लामा आज १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको कुल सङ्ख्या दुई हजार ३१८ जना पुगेको छ । आइतबार जिल्ला अस्पालतमा सात जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना, उमाकुण्ड गाउँपालिकामा एक जना र लिखुतामाकोशी गाउँपालिकामा आठ जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

यस्तै जिल्लामा आइतबार १४ जना कोरोनामुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार १५४ जना पुगेको छ । आइतबार मन्थली नगरपालिकाबाट दुई जना, उमाकुण्ड गाउँपालिकाबाट तीन जना र लिखुतामाकोशी गाउँपालिकाबाट ९ जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट २० जनाको ज्यान गएको छ भने २९ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले १४४ जना कोरोनाका संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार