रामेछापमा थपिए ६ जना कोरोना संक्रमित, आज १६ जना निको

रामेछापमा थपिए ६ जना कोरोना संक्रमित, आज १६ जना निको

रामेछाप जिल्लामा आज ६ जना कोरोना सङ्क्रमित थपिएका छन् । मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा दुई जना, उमाकुण्ड गाउँपालिकामा एक जना, खाँडादेवी गाउँपालिकामा एक जना, गोकुलगंगा गाउँपालिकामा एक जना र लिखुतामाकोशी गाउँपालिकामा एक जनाको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई हजार ३४६ जना पुगेको छ ।

यस्तै आज जिल्लामा १६ जनाले कोरोना जितेका छन् । यो सँगै जिल्लामा कोरोना जित्नेकोे सङ्ख्या दुई हजार १८३ जना पुगेको छ । आज जिल्ला अस्पताल रामेछापबाट चार जना, उमाकुण्ड गाउँपालिकाबाट आठ जना, खाँडादेवी गाउँपालिकाबाट तीन जना र सुनापति गाउँपालिकाबाट एक जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले १४३ जना कोरोनाका संक्रिय संक्रमित छन् । कोरोनाको दोश्रो लहर अन्तरर्गत अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट २० जनाको ज्यान गएको छ । ३० जनालाई भने जिल्लामा उपचार सम्भव नभएर थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार