रामेछाप नगरपालिकाको २ वटा वडालाई एम्बुलेन्स हस्तान्तरण

रामेछाप नगरपालिकाले २ वटा एम्बुलेन्स खरिद गरेको छ । उक्त एम्बुलेन्स आज २ वटा वडाका वडाअध्यक्षलाई हस्तान्तरण गरिएको हो । भन्सार छुट सहित २१ लाख ७५ हजार ६ सय ६२ रुपैँयामा खरिद गरिएको दुईवटा एम्बुलेन्स आज वडा नं १ गोठगाउँ र वडा नं ५ रामपुरलाई हस्तान्तरण गरिएको हो । रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा […]

रामेछाप नगरपालिकाको वार्षिक प्रगती समिक्षा : आ.व २०७७/७८ मा ९१.८० प्रतिशत रकम खर्च

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा जम्मा बजेटको ९१.३२ प्रतिशत रकम खर्च गरेको छ । नगरपालिकाले आज वार्षिक समिक्षा कार्यक्रमको आयोजना गरी सो कुरा जानकारी गराएको हो । नगरपालिकाले चालु खर्च तर्फ ९४.३२ प्रतिशत,पुँजिगत खर्च तर्फ ८६.८८ प्रतिशत र समग्रमा ९१.८० प्रतिशत रकम खर्च गरेको लेखा अधिकृत मदन सुवेदीले बताउनुभयो । आ.व २०७८/७९ […]

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले आज रामेछाप गाल्पा आउँदै

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले आज रामेछाप आउनुहुने भएको छ । आज रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ७ गाल्पा बजारमा हुने कार्यक्रमलाई सम्बोधन गर्न उहाँ रामेछाप आउन लाग्नुभएको नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य अरुण मगरले जानकारी दिनुभयो । उक्त दिन वडा नं ७ को वडा अधिवेशन तथा वृहत् साँस्कृतिक कार्यक्रम हुने […]

सुकाजोरका ७५ जना जेष्ठ नागरीक सम्मानित

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले वडाका ७५ जना जेष्ठ नागरीकलाई सम्मान गरेको छ । आज वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडाका जेष्ठ नागरीकहरुलाई सम्मान गरिएको हो । वडाका ८० वर्ष नाघेका जेष्ठ नागरीकहरुलाई सम्मान गरिएको वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो । जेष्ठ नागरीक सम्मान कार्यक्रममा लगभग २५ जना जेष्ठ नागरीकहरु उपस्थित हुनुहुन्थ्यो […]

दशौं महाधिबेशनका लागी रामेछापमा १९ जना महाधिबेशन प्रतिनिधी सर्वसम्मत रुपमा चयन

रामेछापमा नेकपा एमालेले दशौं महाधिबेशनकालागी १९ जना महाधिबेशन प्रतिनिधी सर्वसम्मत रुपमा छनोट गरेको छ । नेकपा एमालेले प्रतिनिधि चयन गर्नका लागि कार्यदल बनाइएको थियो । कार्यदलले सर्वसम्मत रुपमा महाधिबेसन प्रतिनिधि चयन गरेको नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले जानकारी दिनुभयो । महाधिवेशन प्रतिनिधिको लागि ६५ जनाले उम्मेदवारी दिएको भए पनि कार्यदलको छलफलबाट सहमति जुटेको प्रमुख […]

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले रामेछाप आउँदै

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले रामेछाप आउनुहुने भएको छ । यहि कात्तिक ३० गते रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ७ गाल्पा बजारमा हुने कार्यक्रमलाई सम्बोधन गर्न उहाँ रामेछाप आउन लाग्नुभएको नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य अरुण मगरले जानकारी दिनुभयो । उक्त दिन वडा नं ७ को वडा अधिवेशन तथा वृहत् साँस्कृतिक […]

एमाले महाधिवेशन प्रतिनिधि चयनका लागी रामेछापमा १२ पदमा ६४ को उम्मेदवारी

नेकपा एमालेको महाधिवेशनका लागि रामेछापबाट प्रतिनिधि बन्न खुलातर्फ आवश्यकभन्दा ५ गुणा धेरै उम्मेदवारी परेको छ । रामेछापमा खुलातर्फबाट १२ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेमा बिहीबार निर्वाचन समितिको कार्यक्रम बमोजिम उम्मेदवारी दिने समयसीमा भित्र उक्त संख्याका लागि ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै ५ जना महिला प्रतिनिधिको कोटामा १२ जनाको उम्मेदवारी परेको छ । […]

रामेछाप एमाले लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा भीमबहादुर तामाङ चयन

नेकपा एमाले रामेछापको लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा भीमबहादुर तामाङ चयन भएका छन् । लामो रस्साकस्सी पश्चात आज नेतृत्व चयन भएको हो । कात्तिक ९ र १० गते नै नेतृत्व टुङ्गो लाग्नुपर्ने भएपनि आकांक्षी धेरै हुँदा अधिवेशन सरेको थियो । बुधबार र आज बहिबार बिहानसम्म भएको छलफलले अध्यक्षमा भीमबहादुर तामाङलाई चयन गरेको हो । एमाले प्रचार […]

१२ औँ राष्ट्रिय जनगणना सुरु, रामेछापमा २९८ जना गणक खटिए

आजबाट नेपालको १२ औँ राष्ट्रिय जनगणनामा सुरू भएको छ । सरकारले संघीयतापछी पहिलो पटक जनगणना गर्न लागेको हो । राष्ट्रिय जनगणनाका लागि रामेछापमा २९८ जना गणक खटाइएको जिल्ला जनगणना कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्ला जनगणना कार्यालय रामेछापका प्रमुख सुरेश खतिवडाका अनुसार जिल्लाका ८ वटा स्थानिय तहमा २९८ जना गणक खटाइएको बताउनुभयो । उहाँका […]

रामेछाप मन्थलीमा माइक्रोबस दुर्घटना,चालक घाइते

रामेछापको मन्थली नगरपालिका वडा नं २ आकाशेमा आज माईक्रोबस दुर्घटना भएको छ । बा १ ज ७५८२ नम्बरको माईक्रो विहान अन्दाजी ८ बजेको समयमा दुर्घटना भएको हो । मन्थली बजारबाट यात्रु लिन आकाशे हिँडेको माईक्रो फर्काउने क्रममा ब्रेक फेल भएर सकडबाट अन्दाजी ६ मिटर तल खसेको रामेछाप प्रहरीले जानकारी दिएको छ । उक्त दुर्घटनामा चालक […]