यस्तो छ गोकुलगंगा गाउँपालिकाको आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम

यस्तो छ गोकुलगंगा गाउँपालिकाको आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम

रामेछापको गोकुलगंगा गाउँपालिकाको आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम : 

नेपालको संविधान २०७२ जारी भए पश्चात भएको मिति २०७९ बैशाख ३० गतेको दोस्रो स्थानीय
तहको निर्वाचनबाट हामी निर्वाचित भएर आएका छौ । हामिले निर्वाचनमा भाग लिई रहँदा जनताको
माँझमा बिभिन्न प्रतिबद्धताहरु जाहेर गरेको कुरा यहाँहरु सबैमा जगजाहेरनै छ । यसका साथै हामी यसै
स्थानमा जन्मीएर हुर्के बढेका स्थानीय बासिन्दाहरु भएकोले यहाँका हरेक अप्ठेराहरु संग हामी दैनिक रुपमा
साक्षत्कार छौ ।

जनताहरुको चाहाना र आवश्यक्ताहरु धेरै छन् ति सबै एकै साथ पुरा गर्नको लागि
हामिले चाहेर पनि स्रोत साधनले हामिलाई एकै पटक सम्पन्न गर्न साथ दिदैन त्यसैले हामिले बिद्यमान
कानुनी व्यबस्थालाई टेकेर जनताहरुको मुख्य समस्याहरुलाई प्राथमिकताका साथ समाधान गर्दै जानु पर्ने
बाध्यात्मक अबस्था छ ।

लोकतन्त्र र संघीयताको आधारशिलाको रुपमा रहेको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न
अहोरात्र खटिनु भएका राष्टसेवक कर्मचारी, राजनितिक दल, आम मतदाता, सुरक्षाकर्मी लगायत प्रत्येक्ष र
परोक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुमा धन्यवाद दिदै निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुमा
हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

आज प्रस्तुत नीति तथा कार्यक्रमका लागि आ–आÇनो तर्फबाट राय तथा सुभ्mावहरु प्रस्तुत गर्नु हुने
जननिर्वाचित प्रतिनिधिज्यूहरु, नागरिक समाजका अगुवाहरु, राजनितिक दलका प्रतिनिधिज्यूहरु, बिभिन्न
संघसंस्थाका प्रतिनिधिज्यूहरु लगायत यो नीति तथा कार्यक्रमको तयारीमा सहयोग गर्नु हुने गोकुलगंगा
गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु ।

नेपालको संविधान, संघ, प्रदेश एवं गोकुलगंगा गाउँपालिकाको आबधिक योजनाले लक्षित गरेको
बिषयहरु, दिगो बिकासको लक्ष्य, राजनितिक दलको चुनाबी प्रतिबद्धता, सम्माननीय राष्टपतिबाट मिति
२०७९ जेठ १५ गते संघीय संसदको दुबै सदनको सयूक्त बैठकमा प्रस्तुत संघीय सरकारको न्ीिति तथा
कार्यक्रम, माननीय बागमति प्रदेशका प्रमुखबाट मिति २०७९ ज्येष्ठ १६ गते प्रदेश सभामा प्रस्तुत नीति
तथा कार्यक्रम र राजनितिक दल र अन्य सरोकारवाला निकायहरुबाट प्राप्त सुझावहरुको आधारमा यो
नीति तथा कार्यक्रम तयार पारेको छु ।

गाउँसभामा उपस्थित उपाध्यक्ष लगायत सदस्यज्यूहरु,
हाम्रो गाउँपालिका भौगोलिक हिसाबले टाढा भएता पनि प्राकृतिक रुपमा धेरै संभावना भएको
गाउँपालिकाको रुपमा जिल्लाभर परिचित छ । हामिले यहाँको प्राकृतिक सुन्दरतालाइ थप उजागर बनाई
जिल्ला तथा केन्द्र हुर्दै बिश्वमा समेत चिनाउनको लागि बिभिन्न कार्यहरु गर्नु पर्ने आबश्यक्ता रहेको छ ।
हामिले जनताको चाहाना र आबश्यक्तालाई परिपुर्ति गर्दै सक्षम र समृद्ध गाउँपालिका निर्माण गर्न आÇनो
स्थानबाट कानुनने दिएको जिम्मेवारी कुशलता पुर्वक पुरा गर्नु पर्ने हुन्छ । हामि भर्खरै सम्पन्न भएको
निर्वाचनबाट निर्वाचित भएर आएकोले हामिले प्रयोग गर्नु पर्ने अधिकारहरुको बारेमा जानकारी
पाईनसकेको अबस्थालाई मनन्गरी म संक्षिप्त रुपमा हाम्रो जिम्मेवारी के–के हुन्भन्ने कुरा यहाँहरु समक्ष
स्मरण गराउने अनुमति चाहन्छु ।

नेपालको संविधान २०७२ को भाग १७ धारा २१७ बमोजिमको न्यायिक समिति गठन, धारा २१९
बमोजिमको कार्यबिभाजन र कार्यसम्पादनको लागि बिषयगत समिति गठन गरी स्थानीय तहको
कार्यकारीणी सम्बन्धी अधिकार प्रयोग गर्ने यसरी अधिकार प्रयोग गर्दा संविधानमा उल्लेख गरिए वाहेकको
अधिकार संघीय कानुन बमोजिम सम्पादन गर्ने गरी व्यबस्था भएको छ । त्यसैगरी धारा २२१ मा
गाउँपालिकाको व्यबस्थापकिय अधिकार गाउँसभामा निहित हुने व्यबस्था रहेको छ भने धारा २२४ मा
गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गाउँसभाको पदेन अध्यक्ष र उपाध्यक्ष रहने व्यबस्था रहेको छ । धारा
२२६ मा गाउँसभाले नेपालको संविधान २०७२ को अनुसूची ८ को एकल अधिकार र ९ को साझा
अधिकारको बिषयमा प्रदेश कानुनले निर्दिश्ट गरे अनुसार स्थानीय कानुन निर्माण गर्न पाउने व्यबस्था
गरेको छ भने धारा २२७ ले गाउँसभा सञ्चालन प्रदेश कानुन अनुसार हुने व्यबस्था गरेको व्यहोरा म
यहाँहरु समक्ष स्मरण गराउन चाहान्छु ।

त्यसैगरी संविधानको भाग १९ को धारा २२८ मा स्थानीय कर शुल्क तथा दस्तुर संकलन सम्बन्धी
व्यबस्था उल्लेख गरिएको छ । अधिकार प्राप्त क्षेत्रमा कर लगाउँदा राष्टिय आर्थिक नीति, बस्तु तथा
सेवाको ओसार पसार, पूँजि तथा श्रम बजार, छिमेकी प्रदेश वा स्थानीय तहलाई प्रतिकुल नहुने गरी कानुन
बनाई कर लगाउन पाईने व्यबस्था गरेको छ । धारा २२९ संचित कोष सम्बन्धी व्यबस्था गरिएको छ
उक्त कोषमा सबै स्रोतबाट पालिकालाई प्राप्त हुनेरकमहरु जम्मा गर्नु पर्ने र सोमा संकलित रकम स्थानीय
कानुन निर्माण गरी सो बमोजिम खर्च गर्न सकिने ब्यबस्था उल्लेख गरिएको छ । धारा २३० मा राजश्व र
व्ययको अनुमान सहितको बार्षिक बजेट गाउँसभामा पेश गर्ने र पारित गराउनु पर्ने व्यबस्था छ भने घाटा
बजेट बनाउनु पर्ने अबस्था भएमा घाटा पुर्तिको स्रोत समेत उल्लेख गर्नु पर्ने व्यबस्था गरिएको छ ।

नेपालको संबिधान २०७२ को भाग २० मा संघ, प्रदेश र स्थानीय तह बिचको सम्बन्धको बारेमा
व्यबस्था गरिएको छ । धारा २३२ मा संघ, प्रदेश र स्थानीय तह बिचको सम्बन्ध सहकारीता, सहअस्तित्व
र समन्वयको सिद्धान्तको आधारमा हुने कुरा उल्लेख गरिएको छ । सोही धाराको उपधारा ८ मा नेपाल
सरकार आफैले वा प्रदेश सरकार मार्फत गाउँ कार्यपालिकालाई संबिधान र संघीय कानुन बमोजिम
आवश्यक सहयोग गर्न र निर्देशन दिन सक्नेछ, त्यस्तो निर्देशन पालना गर्नुपर्ने व्यबस्था गरिएको छ ।
यसैगरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले हाम्रो दैनिक कार्यहरुलाई निर्देशित गर्ने हुनाले
उक्त ऐनमा उल्लेखित केही बिषयहरुलाई म यस नीति तथा कार्यक्रम मार्फत गाउँसभाका सम्पूर्ण
सदस्यज्यूहरुलाई संक्षिप्तमा जानकारी गराउन चाहान्छु ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को
परिच्छेद ३ दफा ११ मा नेपालको संविधानको अनुसूची ८ मा उल्लेखित २२ वटा क्षेत्रमा कानुन, नीति,
मापदण्ड निर्माण गरी कार्यान्वयन, अनुगमन तथा मुल्याड्ढन गर्ने र गाउँपालिकाबाटै अनुमति प्रदान गर्न
सकिने कार्यहरुको हकमा खारेजि समेत गर्न सकिने व्यबस्था गरिएको छ भने संबिधानको अनुसूची ९ मा
उल्लेखित साझा अधिकारको सूचीमा रहेका १४ वटा बिषयहरुमा नीति तथा मापदण्ड बनाई अनुगमन तथा
नियमन गर्ने व्यबस्था गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १२ मा वडा समितिको काम कर्तव्य तथा
अधिकार कार्यपालिकाले तोके बमोजिम हुनेछ भनि उल्लेख गरी यसरी अधिकार तोक्दा देहाएका सातवटा
क्षेत्रलाई समेट्ने गरी तोक्नु पर्ने व्यबस्था गरिएको छ ।
क) वडाभित्रको योजना तर्जुमा कार्यान्वयन तथा अनुगमन
ख) टोल बिकास संस्थाको गठन र परिचालन
ग) वडा भित्रका योजना, भौतिक पुर्वाधारहरुको संरक्षण, मर्मत संभार, रेखदेख र व्यबस्थापन
घ) तथ्याड्ढ अध्याबधिक तथा व्यबस्थापन
ब) बिकास कार्य (बाल उद्यान, पुस्तकालय, अनौपचारिक शिक्षा लगायतका ४१ वटा कार्य)
च) नियमन गर्ने (उद्योग, हाटबजार, उपभोक्ता समिति, मुल्यसूची लगायतका ६ वटा कार्य)
छ) सिफारिस तथा प्रमाणित (३५ प्रकारका सिफरिसहरु)
गाउँसभामा उपस्थित उपाध्यक्ष लगायत सदस्यज्यूहरु,

हामि निर्वाचित जनप्रतिनिधिहरुले यि माथि उल्लेखित दायरा भित्र रही सम्पादन गर्नु पर्ने कार्यहरु
भएकाले उल्लेखित कार्यहरु नियम र कानुनको अधिनमा रहि सम्पादन गर्ने जिम्मेवारी हामि सबैको हो ।
यहि जिम्मेवारी वोध गरी हामिले हाम्रो कार्यहरुलाई अगाडी बढाउन खोजेका छौ । संबिधान र नियम
कानुनले तोकेको व्यबस्था बमोजिम आज हामिले आर्थिक बर्ष २०७९÷०८० मा गरिनेकार्यहरुको बारेमा
हाम्रो प्रथमिकतामा रहेका बिषयहरु तथा जनताको चहानाहरुलाई सम्बोधन गरी गोकुलगंगा
गाउँपालिकालाई सभ्य, सक्षम र समुन्नत बनाई रामेछाप जिल्लाकै नमूना गाउँपालिकाको रुपमा बिकास
गरी समृद्ध गाउँपालिका बनाउने हाम्रो लक्ष्य तथा उद्देश्य रहेको कुरा यहाँहरु मार्फत सम्पूर्ण गोकुलगंगा
बासी आमा बुबा, दाजुभाई तथा दिदी बहिनीहरुमा अनुरोध गर्न चाहन्छु ।

हाम्रो देश बिश्वमा फैलिएको कोरोनाको महामारीबाट ग्रसित भई भर्खर मात्र छुटकारा पाउने
होकी भन्ने अबस्थामा पुगेको छ भने यसको महामारीबाट गोकुलगंगा गाउँपालिका पनि अछुतो रहेको
थिएन । कोरोना महामारीकै कारण हाम्रा नागरिकहरुले रोजगारी, धन र जन गुमाउनु पर्ने अबस्था सृजना
भई स्वास्थ्य, शिक्षा जस्ता बिषयहरुमा प्रतिकुल प्रभाव परेको हामि सबैलाई बिदितै छ । कोरोनाकै कारण
हाम्रा भबिश्यका कर्णधार मानीने नानीबाबुहरुले शिक्षाबाट टाढै बस्नु पर्ने अबस्थाको सृजना भयो । हाल
बिद्यालय जाने सबै उमेर समूहका बालबालिकाहरुले तिनवटै खोपको मात्रा लिने अबसर प्राप्त गरेका छन्
। त्यसैगरी कोरोनाकै कारण हाम्रा काम गर्ने उमेरका दाजुभाई, दिदीबहिनी तथा बुबाआमाहरुको स्वास्थ्यमा
प्रतिकुल अबस्था सिर्जना भएको थियो र हाल सम्म पनि यसैको कारण कमजोर स्वास्थ्य अबस्था बिद्यमान
रहेको छ । त्यसैले हाम्रो पहिलो प्राथमिकताको क्षेत्र भनेको शिक्षा र दोस्रोमा स्वास्थ्य क्षेत्रको बिकास तथा
सुधार हुने कुरा यहाँहरुमाझ म राख्न चहान्छु । हामिले निर्माण गर्ने कार्यक्रमको प्राथमिकता देहाय
अनुसार रहेको व्यहोरा यस गरिमामय सभामार्फत सबैमा जानकारी गराउन चाहान्छु ।

आ.ब. २०७९÷०८० का हाम्रा प्रथमिकताका क्षेत्रहरु†

१) सामाजिक बिकास (शिक्षा र स्वास्थ्य, ज्येष्ठ नागरिक, महिला बालबालिका, यूवा तथा खेलकुद)
२) आर्थिक बिकास (कृषि, पशुपंक्षिपालन, उद्योग, रोजगार, सहकारी, पर्यटन)
३) पुर्वाधार बिकास (खानेपानी, सडक, सिंचाई, पुलपुलेसा, बिद्युत)
४) वन, वातावरण तथा विपद्व्यबस्थापन (वन, बाढी पहिरो, मर्मत संभार, आकस्मिक कार्य)
५) सार्वजनिक सेवा तथा क्षमता बिकास (जनशक्ति, तालिम, संगठन, सेवा प्रवाह)
गाउँसभामा उपस्थित उपाध्यक्ष लगायत सदस्यज्यूहरु,
माथि उल्लेखित प्राथमिकताका क्षेत्रहरुमा हामिले अबलम्बन गर्न खोजेका नीति तथा तिनीहरुलाई
कार्यन्वयन गर्नका लागि बनाईने कार्यक्रमहरु यहाँहरुसमक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

शिक्षा, स्वास्थ्य, ज्येष्ठ नागरिक, महिला बालबालिका, यूवा तथा खेलकुद
१. यो नीति तथा कार्यक्रमको कार्यान्वयन गर्दा गुणस्तरिय जनशक्तिको उत्पादनको लागि शिक्षा
क्षेत्रको बिकास, स्वस्थ्य जनशक्तिको उत्पादन तथा मानवीय स्वास्थ्यको संरक्षणलाई बिशेष प्राथमिकता दिदै
रोजगारी सिर्जना, उत्पादन र उत्पादकत्व बृद्धि, दिगो पुर्वाधार निर्माण, दिगो बिकास, वातावरण संरक्षण,
असमानता र गरिबी न्यूनिकरण, सुशासन र सार्वजनिक सेवामा नागरिकहरुको सहज पहूँचलाई प्राथमिकता
दिईनेछ ।

२. बिद्यार्थिहरुलाई केन्द्र बिन्दुमा राखेर बिद्यालय व्यबस्थापन सुधार कार्यक्रम मार्फत गोकुलगंगा
गाउँपालिकाका क्याम्पस, प्राबिधिक धारका बिद्यालय, उच्च माध्यमिक बिद्यालय, माध्यमिक बिद्यालय,
आधारभुत बिद्यालय र बाल कक्षा सञ्चालनमा रहेको बिद्यालयहरु तथा उक्त बिद्यालयमा अध्ययनरत
बिद्यार्थिहरुका बिच शैक्षिक उपलब्धि र व्यबस्थापकीय क्षमता बृद्धिका लागि अनुभब आदान प्रदान कार्यक्रम
सञ्चालन गरिनेछ ।

३. बिद्यार्थिहरुको शिक्षण सिकाईलाई मजबुत बनाउदै दक्ष जनशक्ति उत्पादनमा टेवा पु¥याउनको
लागि जेहन्दार बिद्यार्थिहरुलाई आर्थिक प्रोत्साहनको व्यबस्था गरिनुका साथै आर्थिक अबस्था कमजोर भई
बिद्यालय शिक्षा लिन नपाईरहेका तथा उच्च शिक्षा अध्ययन गर्न नपाएका बिद्यार्थिहरुको लागि आबश्यक
मापदण्ड निर्माण गरी आर्थिक सहायता उपलब्ध गराउने व्यबस्था गरिनेछ ।

४. सामुदायिक बिद्यालयहरुको गुणस्तर सुधार गरी बालबच्चा पढाउनकै लागि गाउँ छोडी शहर
पस्नुपर्ने बाध्यकारी अबस्थाको अन्त्य गरी स्थानीय स्तरमानै स्तरिय शिक्षा दिन सक्ने जनशक्ति उत्पादन
गर्ने कार्यलाई व्यबस्थित रुपले अगाडी बढाउन सम्बन्धित बिषय शिक्षकहरुले पढाएको बिषयमा बिद्यार्थि
उतिर्ण प्रतिशत तथा उनिहरुले अपनाएको परिक्षा प्राणालिको बिशेष अनुगमनको व्यबस्था गरी उचित
शिक्षा दिन सक्ने शिक्षकहरुलाई प्रोत्साहन गर्ने व्यबस्था मिलाईने छ ।

५. गुणस्तरीय शिक्षा प्रदानको लागि सबै प्रकारका बिद्यालयहरुलाई आबश्यक पर्ने शैक्षिक पुर्वाधार,
शैक्षिक सामाग्री तथा अन्य आबश्यक्ताहरु तत्काल आपुर्ति गर्ने व्यबस्था मिलाईने छ ।
६. गोकुलगंगा गाउँपालिका भित्रका बाल शिक्षा अध्यापन गराउने शिक्षक÷शिक्षिका, बिद्यालयका
सहायक कर्मचारीहरुको लागि नेपाल सरकारले तोकेको न्यूनतम परिश्रमिक उपलब्ध गराउने व्यबस्था
मिलाईने छ ।

७. सबै किसिमका सामुदायिक बिद्यालयहरुलाई शिक्षाको गुणस्तर सुधारको लागि केहि बिषयहरु
थप गरी बर्तमान आबस्यक्तालाई मध्यनजर गरी बैकल्पिक माध्यमबाट अध्यापन गराउने कार्यको थालनी
गर्ने व्यबस्था मिलाईने छ ।साथै माध्यमिक बिद्यालयहरुमा सूचना प्रबिधि बिषय अध्यापनको लागि ब्यबस्था
गरिएको सूचना प्रबिधि शिक्षक व्यबस्थापन अनुदानलाई यथावत रुपमा निरन्तरता दिनुका साथै निजहरुलाई
महंगी र पोषाक भत्ता थप गर्ने व्यबस्था मिलाईनेछ ।

८. गोकुलगंगा गाउँपालिकाको प्रोफाईलमा उल्लेखित बिद्यालयजानबाट बाहिर रहेका
बिद्यार्थिहरुलाई अनिवार्य रुपमा बिद्यालय भर्ना हुने वातावरण निर्माण गरिनुका सथै बिद्यालयलाई अपा·
तथा बालमैत्रि बिद्यालयको रुपमा बिकास गरी शान्ती क्षेत्रको रुपमा कार्यान्वयन गर्ने व्यबस्था मिलाईनेछ ।
९. संघीय सरकार मार्फत बालबालिकाहरुको लागि आउने दिवा खाजा कार्यक्रम, खेल्दै सिक्दै
लगाएतका कार्यक्रमहरुलाई समयानुकुल तथा प्रभाबकारी रुपमा कार्यान्वयन गर्ने र बिद्यालयमा बिद्यार्थिहरुले
प्रयोग गर्ने जंक फुडलाई पूर्ण रुपमा निषधित गर्ने नीति अबलम्बन गरिनेछ । स्थानीय उत्पादनलाई
प्राथमिकता दिई स्थानीय खाना उपयोग गर्ने व्यबस्था मिलाउने गरी कार्यक्रम बनाई कार्यान्वयन गरिनेछ ।
यसका साथै शिक्षकहरुको पेशागत हकहित तथा कामप्रतिको प्रतिबद्घतामा थप उर्जा प्रदान गर्ने गरी शिक्षा
क्षेत्रको साक्षरता दर बृद्घि गर्ने वातावरण निर्माण गरिनेछ ।

१०. गाउँपालिका भित्रका बिद्यालयहरुको शिक्षण सिकाईको क्रियाकलापलाई व्यबस्थित बनाउने
सोचका साथ बास्तबिक बिद्यार्थि संख्याको आधारमा शिक्षकको स्वीकृत दरबन्दी अपुग भएका
बिद्यालयहरुका लागि आबश्यक्ताको आधारमा दरबन्दी स्वीकृत गरी शिक्षण सिकाई अनुदान कार्यबिधिको
आधारमा दिईने अनुदानलाई निरन्तरता दिईनेछ भने नपुग ८ वटा बालबिकास केन्द्र थप गरी सोही
अनुसारको दरबन्दी स्वीकृत तथा अनुदान दिने व्यबस्था मिलाईनेछ ।

११. स्वास्थ्य क्षेत्रको बिकास बिना दक्ष जनशक्ति तयार हुन नसक्ने तथा जनताको स्वास्थ्य अबस्था
प्रतिकुल हुँदा आर्थिक अबस्था समेत कमजोर हुने भएकोले नेपाल सरकारले तोकेको निशुल्क औषधिको
संख्यालाई बढाएर गाउँपालिकाको स्रोतबाट व्यबस्था गर्ने गरी ९४ प्रकारका औषधिहरु निशुल्क रुपमा
प्रदान गर्ने व्यबस्था मिलाईने छ ।

१२. हामि निर्वाचित भएर आए पश्चातको पदबहालीको दिन बसेको ८९ औ कार्यपालिका बैठकले
गरेको निर्णय बमोजिम गर्भवति तथा सुत्केरी महिलाहरुको थप उपचार गर्नु पर्ने अबस्था भएमा
गाउँपालिकाले निशुल्क रुपमा सम्बन्धित स्वास्थ्य संस्था सम्म पु¥याउने कार्यको लागि एम्बुलेन्स सुबिधा दिन
आबश्यक बजेट व्यबस्था गरिनेछ ।

१३. स्वास्थ्य संस्थाहरुको गुणस्तर सुधारको लागि अति आबश्यक पुर्वाधारहरुको व्यबस्था गरिने छ
भने स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धिको लागि समय समयमा तालिमको
व्यबस्था गरिनेछ ।

१४. गाउँपालिका तथा मातहतमा रहेका एम्बुलेन्सहरुलाई चौबिसै घण्टा सेवा प्रदान गर्न सक्ने
गरी चुस्त दुरुस्त अqबस्थामा राख्ने वातावरण मिलाईने छ ।

१५. कोभिड १९ लगातका महामारी जन्य रोग तथा अन्य सरुवा रोगहरुको जोखिम नियन्त्रण
प्रतिकार्यको लागि गोकुलगंगा अस्पताललाई तयारी अबस्थामा राख्ने व्यबस्था मिलाईने छ । गाउँपालिकालाई
पूर्ण सरसफाईयुक्त बनाउनुका सथै बाल मृत्यूदर तथा मातृ मृत्युदर घटाउने कार्यको लागि महिला स्वास्थ्य
स्वयंसेवीका तथा स्वास्थ्यकर्मीहरुलाई उत्सुक्ता पुर्वक परिचालन गर्ने कार्यको लागि क्षमता बिकास गर्ने
व्यबस्था मिलाईनेछ ।

१६. यूवामैत्री स्वास्थ्य शिक्षा, यौन तथा एच.आई.भि.एड्स सम्बन्धी शिक्षा, सर्ने तथा नर्सने
रोगहरुको नियन्त्रणका लागि चेतनामुलक तथा प्रचारप्रसारका कार्यक्रमहरु सञ्चालन गरिनुका साथै
स्वास्थ्यसंस्थाहरुबाट प्रदान गरिने २४ घण्टे प्रसुति सेवालाई थप व्यबस्थित र प्रभावकारी रुपमा सञ्चालन
हुने व्यबस्था गरिनेछ ।

१७. ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाहरुको स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखी
समय समयमा स्वास्थ्य परिक्षण शिबिर सञ्चालन गर्ने व्यबस्था मिलाईने छ ।

१८. गोकुलगंगा गाउँपालिकाबाट बिगतका बर्षहरुमा दिईदै आएको क्यान्सर, हृदयघात,
मस्तिष्कघात, मुटुरोग लगायतका नेपाल सरकारले घातक रोग भनि तोकेका ८ प्रकारका रोगिहरुको लागि
दिईदै आएको प्रति रोगि रु. २५०००।– (पच्चिस हजार) आर्थिक सहायता उपलब्ध गराउने कार्यलाई
निरन्तरता दिने व्यबस्था मिलाईने छ । साथै दिर्घरोगिहरुले खाने औषधि निशुल्क रुपमा सम्बन्धित स्वास्थ्य
चौकीबाटै उपलब्ध गराउने गरी बजेट बिनियोजन गर्ने व्यबस्था मिलाईने छ ।

१९. महिला स्वास्थ्य स्वयंसेवीकाहरु गरिब तथा विपन्न नागरिकको पहिलो उपचारकर्ता हुने
भएकोले उनिहरुको कामलाई उच्च मुल्याड्ढन गर्दै सेवा प्रबाहको उचित अनुगमन तथा मुल्याड्ढन गरी
प्रोत्साहन गर्ने व्यबस्था मिलाईने छ ।

२०. स्थानीय स्तरमा उपलब्ध हुने जडिबुटीहरुको व्यबस्थापन र उपयोग गर्दै आयुर्वेद चिकित्सा
प्रणालिबाट गरिने उपचार पद्धतिलाई प्रोत्साहित गर्नको लागि स्थापना गरिएको नागरिक आरोग्य सेवा
केन्द्रलाई निरन्तर रुपमा सञ्चालन गर्ने व्यबस्था मिलाईने छ ।

२१. गाउँपालिका भित्रका ज्येष्ठ नागरिकहरु हाम्रा प्रेरणाका स्रोत हुन भन्ने मान्यतालाई आत्मसात
गरी गोकुलगंगा गाउँपालिकाको ८९ औ बैठकले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने भनि गरेको
निर्णयलाई कार्यान्वयन गर्ने व्यबस्था मिलाईने छ । साथै ज्येष्ठ नागरिकहरुलाई दिईने सामाजिक सुरक्षा
भत्ता सहज रुपले उपलब्ध गराउने व्यबस्था मिलाईने छ ।

२२. बैदेशिक रोजगारीबाट फर्किएका तथा स्थानीय स्तरमै बसी सिप सिकेका यूवाहरुको लागि
उनिहरुले सिकेको सिपको उच्च मुल्याड्ढन गर्दै उनिहरुले सञ्चालन गर्न खोजेको व्यबसायलाई प्रोत्साहन
गर्न आबश्यक कानुन निर्माण गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यबस्था गरिने छ ।

२३. बिकास, अनुशासन र गतिशिलताका लागि खेलकुद भन्ने नारालाई उजागर गरी यूवाहरुलाई
खेलकुदको क्षेत्रमा क्रियाशिल बनाउन तथा प्रोत्साहन गर्नको लागि गाउँपालिका अध्यक्ष कप खेलकुदको
आयोजना गर्ने र उक्त खेलमा प्रथम द्घितिय र तृतिय हुने खेलाडिहरुलाई तथा सम्बन्धीत खेल संस्थाहरुलाई
उचित प्रोत्साहनको व्यबस्था गरिनेछ ।

२४. महिला बालबालिका तथा अपा·ता भएका व्यक्तिहरुको लागि आबश्यक कानुन निर्माण तथा
उनिहरुको लागि छुट्टै मापदण्डको व्यबस्था गरी जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र महिला,
बालबालिका तथा अपा·ता मैत्रि कार्यक्रम निर्माण गरी कार्यन्वयन गरिनेछ । साथै यि बिशेष लक्षित
बर्गका मानिसहरुले गर्ने कार्यमा बिशेष सहयोगको व्यबस्था मिलाईने छ ।

२५. एकल महिला, दलित, सिमान्तकृत, अल्पसंख्यक समुदाय र अपा·ता भएका व्यक्तिहरुको लागि
सिप, पुँजि र प्रबिधि उपलब्ध गराउने व्यबस्था गरिनेछ । साथै लै·िग हिंसा बिरुद्घ सुन्य सहनशिलताको
नीति अबलम्बन गरिनुका साथै कार्यस्थलमा हुने हिंसालाई निरुत्सहान गर्ने व्यबस्था मिलाईने छ ।
२६. गोकुलगंगा गाउँपालिका भित्रका एकतृत रुपमा रहेका दलित बस्तिहरुलाई सफा र सुन्दर
बनाई नमूना दलित बस्ति बिकास गर्ने सोचका साथ कार्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याउने व्यबस्था
मिलाईनेछ ।

२७. बालबालिका तथा युवालाई लक्षित गरी जातिय बिभेद, यौनिक तथा लै·िक हिंसा, घरेल्हिंसा,
बाल बिबहा र बिद्युतिय अपराध बिरुद्घ चेतना जगाउने कार्यक्रम सञ्चालन गर्ने व्यबस्था मिलाईने छ ।

२८. गाउँपालिका भित्र बसोबास गर्ने सबै जातजाति तथा भाषाभाषिहरुले अपनाई आएका बिभिन्न
पेशा तथा व्यबसायहरु (जस्तैः– परम्परागत नाँच, बाजागाजा, हाते आरण, सिलाई कटाई आदी) लाई उच्च
सम्मान गर्दै तिनीहरुको संरक्षणको लागि आबश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराउने व्यबस्था मिलाईनेछ ।

कृषि, पशुपंक्षिपालन, उद्योग, रोजगार, सहकारी, पर्यटन
२९. कृषि जिवनको प्रमुख आधारको रुपमा रहेकोले कृषि पेशालाई मर्यादित पेशाको रुपमा बिकास
गर्दै गाउँपालिका भित्र उत्पादन हुने कृषिजन्य उत्पादन बढाउन तथा बजारीकरण गर्ने कार्यलाई मुख्य
प्राथमिकतामा राखी कृषि क्षेत्रको बिकास गर्ने गरी कार्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याईने व्यबस्था
मिलाईनेछ ।

३०. हाल हाम्रो गउँपालिकामा चलिरहेको निर्वहामुखी कृषिलाई आधुनिकिकरण तथा व्यबसायिकरण
तर्फ लैजान आÇनै खेतबारीमा खेति गरी अन्नबाली तथा अन्य उत्पादन गर्ने किसानहरु मध्ये जस्ले धेरै
उत्पादन गर्छ उसको लागि उचित प्रोत्साहन सहितको पुरस्कारको व्यबस्था गरिनेछ भने अरुको खेतबारी
कमाएर राम्रो उत्पादन गरेमा उत्पादन प्रतिस्प्रधाको आधारमा बढी उत्पादन गर्ने किसानलाई आÇनै
खेतबारीमा उत्पादन गर्ने किसानको भन्दा बढी प्रोत्साहन गर्ने व्यबस्था मिलाईनेछ ।

३१. कृषि तथा पशुपंक्षिपालनको क्षेत्रमा काम गर्ने किसानहरुको लागि उनिहरुले गरेको कार्यको
उचित मुल्याड्ढन गरी किसानलाई आबश्यक पर्ने आर्थिक संकट व्यबस्थापन गर्न सहुलियतपूर्ण कर्जाको
व्यबस्था गरिनेछ । साथै उत्पादित बस्तुहरु बजारीकरण गर्न नसकि तेसै खेरजाने अबस्था भएमा सोको
अनुगमन गरी गाउँपालिका आफैले व्यबस्थापन गरी बजारीकरण गर्ने व्यबस्था मिलाउनेछ ।

३२. कुनै प्राकृतिक बिपत्तिको कारण वा अन्य बिशेष कारणले कृषि तथा पशुपंक्षि र मत्स्यपालनमा
क्षति भएमा सोको मुल्याड्ढन गरी आबश्यक क्षतिपुर्तिको व्यबस्था गाउँपालिकाबाट मिलाईनेछ । साथै त्यस्ता
क्षतिहरुको क्षतिपुर्तिको लागि बिमा गरेको भएमा सोही बमोजिम प्राथमिकता निर्धारण गरी क्षतिपुर्ति दिने
व्यबस्था मिलाईनेछ ।

३३. गोकुलगंगा गाउँपालिकालाई अण्डा, माछा, मासु, आलु, लसुन, किवी लगायतका क्षेत्रमा
आत्मनिर्भर बनाउन उत्पादनमा आधारीत प्रोत्साहन कार्यक्रम सञ्चालन गरी निर्यात योग्य अबस्था सिर्जना
गरी गाउँपालिकाको आर्थिक बिकासमा टेवा पु¥याउने वातावरण निर्माण गरिनेछ ।

३४. कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्घि गरी समृद्घ गोकुलगंगा गाउँपालिका निर्माण गर्न
गोकुलगंगा गाउँपालिका भित्रका बाँझो जमिनको सदुपयोग गरी कृषि तथा पशुजन्य उत्पादन बृद्घि गर्न
आबश्यक कार्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याईनेछ । जसबाट रोजगारीको अबसर सिर्जना गर्ने
वातावरण निर्माण हुने अपेक्षा गरिएको छ ।

३५. कृषि क्षेत्रमा संघीय तथा प्रदेश सर्शत अनुदान कार्यक्रम मार्फत दिईने अनुदानलाई व्यबस्थित
बनाउन संघीय तथा प्रदेश सरकारको समन्वयमा बैकल्पिक व्यबस्था गरी कार्यान्वयन गर्ने व्यबस्था
मिलाईने छ ।

३६. माटोमा हुने प्रा·रीक पर्दाथको कमी भई उत्पादनमा हुन सक्ने ह्रासलाई कम गर्न प्रा·रिक
मलको प्रयोगलाई बढाउने व्यबस्था मिलाईनेछ ।
३७. कृषि, पशुपंक्षि तथा जडिबुटीजन्य लगायतका साना तथा घरेलु उद्योग स्थापना तथा
सञ्चालनको लागि लाग्ने शुल्कमा आबश्यक सहुलियत प्रदान गरी उद्योग धन्दाको बिकासमा सहजिकरण
गरिनेछ ।
३८. गाउँपालिकाको क्षेत्राधिकार भित्र पर्ने तथा हाल सञ्चालनमा रहेका सबै किसिमका
सहकारीहरुको अनुगमन गरी नियमन गर्ने व्यबस्था मिलाई नागरिकहरुको बचतलाई आबश्यक सुरक्षा तथा
संरक्षण गर्ने व्यबस्था मिलाईने छ । यस्ता सहकारीहरुलाई किसानको हितमा लगानी गर्ने अबस्था निर्माण
गर्ने व्यबस्था गरिनेछ ।
३९. पशुपंक्षि तथा कृषिमा लाग्ने आकस्मिक रोगहरुको समयमै निदान गरी हुन सक्ने क्षतिलाई
न्यूनिकरण गर्ने व्यबस्था मिलाईने छ । गाउँपालिका भित्रका सम्पूर्ण कृषकहरुलाई ताजा तरकारीमा
आत्मनिर्भर बनाउनको लागि मौसमी तथा बेमौसमी तरकारीहरुको उन्नत बिउबिजन शतप्रतिशत छुटमा
उपलब्ध गराउने व्यबस्था मिलाईनेछ ।

४०. तामे, पाँचपोरी, जटापोखरी, कोश्याबखर्क, नोप्राडाँडा लगायतका पर्यटन क्षेत्रको बिकास र
पर्वद्घन गरी आन्तरीक तथा वाहय पर्यटकलाई आकर्षित गर्ने वातावरण निर्माण गरी धार्मिक तथा
सास्कृतिक पर्यटकीय क्षेत्रहरुको स्तरोन्नती गरी आर्थिक बिकासमा योगदान पु¥याउने व्यबस्था मिलाउनको
लागि बिगतमा भएका पर्यटन बिकासका कामलाई निरन्तरता दिदै थप गन्तव्यहरुको बिकास गर्दै लगिनेछ

४१. गाउँपालिका भित्र रहेका मठ, मन्दिर, गुम्बा, चर्च लगायतका धार्मिक संरचनाहरुलाई थप
व्यबस्थित बनाउन डि.पि.आर. निर्माण गरी सो अनुसारको काम अगाडी बढाई स्थानीय कला, संस्कृति तथा
भाषाको सम्बद्र्घन र संरक्षण गरी पर्यटन बिकासको अवधारणालाई निरन्तरता दिईनेछ ।

४२. श्रम, सिप र दक्षताको आधारमा रोजगरी उपलब्ध गराउन नीति निर्माण गरी सोहि बमोजिम
कार्य अगाडी बढाउने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगतको रोजगार सेवा केन्द्रलाई आबश्यक
स्रोत ब्यबस्था गरी सम्बन्धित श्रमिकलेनै बैक खाता मार्फत ज्याला प्राप्त गर्ने व्यबस्था मिलाईनेछ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिकाले ज्याला वाहेक अन्य कुनै व्यबस्था नगरेकोले
गाउँपालिकाको तर्फबाट औजार तथा सामाग्री खरिद गरी दिने व्यबस्था मिलाईनेछ ।

खानेपानी, सडक, सिंचाई, पुलपुलेसा, बिद्युत
४३. गाउँपालिकाले बिगतका बर्षहरु देखी गर्दै आएको एकघर एकधारा कार्यक्रमलाई निरन्तर
रुपमा सञ्चालन गरी गाउँपालिका भरिका सबै नागरिकहरुको घरघरमा सफा र शुद्द पिउने पानीको
व्यबस्था मिलाउने गरी कार्यक्रम निर्माण गरी कार्यानवयन गरिनेछ ।

४४. गाउँपालिकाबाट निर्माण गरिने सडक लगायतका पुर्वाधारहरुको दिगोपनाको लागि
डि.पि.आर. निर्माण गरी सोही अनुसारको बजेट तथा कार्यान्वयन गर्ने व्यबस्था मिलाईनेछ । गाउँपालिका
भित्र निर्माण हुने तथा निर्माण भएका सडकहरुको गुरुयोजना निर्माण गरी सोही अनुसारको मापदण्ड बनाई
कार्यान्वयन गरिनेतथा सडकहरुको स्तरोन्नतीको कार्यलाई निरन्तरता दिने व्यबस्था मिलाईनेछ ।

४५. सदरमुकाम देखी गाउँपालिका आउने मुख्य सडक खिम्ती बेताली गर्जाब सडकलाई कालोपत्रे
गर्ने कार्यलाई निरन्तरता दिदै छिटो भन्दा छिटो काम सम्पन्न गर्ने प्रदेश सरकार संगको समन्वयमा कार्य
अगाडी बढाउन बिशेष पहल गरिनेछ ।साथै गाउँपालिकाबाट वडा कार्यालय सम्म जाने सडक र भित्री
सहायक सडकहरुलाई क्रमश स्तरोन्नती गरी बाह्रै महिना यातायातको साधन सञ्चालन हुने व्यबस्था
मिलाईनेछ ।

४६. गाउँपालिकाको प्रशासनीक भवन निर्माणको काम तदारुकताको साथ सम्पन्न गर्ने गरी कार्य
अगाडी बढाउने व्यबस्था मिलाईनेछ । अन्य भवनहरु उदघाटन गरी सोही भवनबाट सेवा प्रवाहा गर्न
आबश्यक बन्दोबस्त गरिनेछ ।

४७. गाउँपालिका भित्रका खेतियोग्य जमिनहरुको उत्पादन तथा उत्पादकत्व बढाउन सिंचाई
कुलोहरुको दिगोपना कायम गर्ने तथा नयाँ सिंचाई कुलोहरु निर्माण गरी उत्पादन बढाउने व्यबस्थाको लागि
आबश्यक प्रबन्ध गरिनेछ । सिञ्चीत तथा असिञ्चीत कृषि भुमिलाई घडेरीमा परिवर्तन गर्न नपाईने तथा
जग्गाको खण्डिकरणलाई निरुत्साहित गरी गाउँपालिका क्षेत्र भित्र रहेको बाँझो जमिनलाई खेतियोग्य
जमिनको रुपमा रुपान्तरण गर्ने व्यबस्था मिलाईनेछ ।

४८. गाउँपालिका भित्रका नागरिकहरुलाई बर्षातको समयमा साना खोल्साहरु पार गरी
खेतिबालिको काम गर्न जान धेरै समय लगाउनु पर्ने तथा जोखिम युक्त रुपमा खोलाहरु पार गर्नु पर्ने
कार्यलाई अन्त्य गर्न झोलु·े पुल कार्यक्रमसंग साझेदारी गरी आबश्यक पुलहरु निर्माण गर्ने व्यबस्था
मिलाईनेछ ।

४९. एक मेगावाट सम्मको जलबिद्युत आयोजनाहरुको अनुमति, नविकरण तथा अनुगमन र
नियमन गर्ने कार्यलाई तदारुकताको साथ कार्यान्वयन गर्ने व्यबस्था मिलाईनेछ । अन्य निर्माणाधिन ठुला
जलबिद्युत आयोजनाहरुसंगको समन्वय र सहकार्यमा सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यक्रमहरु
सञ्चालन गराउनेको लागि सहकार्य गर्ने वातावरण निर्माण गरिनेछ ।

५०. देश बिकासको मुख्य संवाहक मानिएका यूवा यूवतिहरुको लागि लघु उद्यम बिकास कार्यक्रम
(मेडपा) मार्फत व्यबसायिक सिप प्रदान गरिनुका साथै आवश्यक न्यूनतम सामाग्रीहरु हस्तान्तरण गर्ने
व्यबस्था मिलाईने छ । जल, जमिन, जंगल, गैरकाष्ठ वन पैदावर, जडिबुटी, फलफूल खेती, पशुपालनमा
आधारीत उद्योग (जस्तै ः जडिबुटी प्रशोधन, अल्लो सिस्नो प्रशोधन, बाँस निगालोको सामाग्री निर्माण आदी)
को लागि लघु उद्यम बिकास कार्यक्रम मार्फत कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने व्यबस्था मिलाईनेछ ।

५१. सुकुम्बासी भुमिहिन दलित तथा अव्यबस्थित बसोबासलाई भुमि आयोग संग समन्वय गरी
सोही आयोगले निर्धारण गरेको कानुन तथा मापदण्डको आधारमा व्यबस्थित गर्ने व्यबस्था मिलाईनेछ ।
५२. जग्गा जमिनको वर्गिकरण नेपाल सरकारले निर्माण गरेको भु–उपयोग नीति, मापदण्ड
अनुसार स्थानीय भु–उपयोग समिति निर्माण गरी सोही अनुसार गर्ने व्यबस्था मिलाईनेछ ।

वन, बाढी पहिरो, मर्मत संभार, आकस्मिक कार्य
५३. सामुदायिक तथा निजि वनहरुको नियमन, बृक्षारोपन कार्यक्रमहरु सञ्चालन गरी वन संरक्षण
गर्ने कार्यलाई थप प्रभावकारी बनाईनुको साथै हरियालि संरक्षण मार्फत जंगलि जनावर चराचुरु·ीहरुको
संरक्षण गर्ने व्यबस्था मिलाईनेछ ।

५४. बाढी पहिरोबाट हुन सक्ने धनजनको क्षतिलाई न्यूनिकरण गर्न तटबन्ध निर्माण, वनजंगल
संरक्षण, बृक्षारोपन लगाएतको कार्य गर्ने व्यबस्था मिलाउनुका साथै बाढी पहिरोबाट भएको क्षतिको
मुल्याड्ढन गरी आबश्यक सहयोग उपलब्ध गराउने व्यबस्था मिलाईनेछ ।

५५. गाउँपालिकाको मुख्य सडक तथा सहायक सडकहरुमा हुनसक्ने क्षति र त्यसबाट पर्नजाने
असुबिधाहरुको छिटो समाधानको लागि मर्मत संभार कोष स्थापना गरी सञ्चालनमा ल्याउने व्यबस्था
मिलाईनेछ ।

५६. बिभिन्न आपतकालिन कार्यहरुको उद्दार राहतको लागि स्थानीय विपद व्यबस्थापन समितिलाई
साधन श्रोत सहित तयारी अबस्थामा राख्ने व्यबस्था गरिनुको लागि त्यसका लागि आबश्यक पर्ने रकमको
लागि छुट्टै व्यबस्था गरिनेछ ।

जनशक्ति, तालिम, संगठन, सेवा प्रवाह

५७. स्थानीय प्रशासनलाई सुशानका मुल्य, मान्यता तथा सिद्घान्तहरुमा आधारित भई स्वच्छ,
निश्पक्ष, पेशागत अनुशासनप्रति प्रतिबद्घ, पारदर्शि, भ्रष्टचारमुक्त, जनउत्तरदायि, सहभागितामूलक र
प्रबिधिमैत्रि बनाईनेछ ।

५८. गाउँपालिकाको कार्यालय, वडा कार्यालय र बिषयगत शाखाका कर्मचारीहरुमा सकारात्मक
सोचका साथ सेवा प्रवाहमा प्रतिबद्घ, सेवाग्राही प्रति उत्तरदायि तथा जवाफदेही बनाउन कर्मचारी
आचारसंहिताको पूर्ण रुपमा पालना गरी कार्यान्वयन गर्ने व्यबस्था मिलाईनेछ ।

५९. कर्मचारीहरुको क्षमता बिकासको लागि समय सापेक्ष बिभिन्न सिपमुलक तालिम तथा
सेवाकालिन तालिम सञ्चालन गर्ने व्यबस्था मिलाईनेछ । यसका साथै गाउँपालिका कार्यालयका शाखा
प्रमुखले प्रमुख प्रशासकीय अधिकृत संग र प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिका अध्यक्ष संग कार्य
सम्पदान सम्झौता गरी उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई पुरस्कार प्रदान गर्ने व्यबस्था मिलाईनेछ ।

६०. गाउँपालिकाको व्यबस्थित विकासको लागि बिभिन्न बिषयका बिषय बिज्ञ तथा अन्य अति
आबश्यक जनशक्तिहरु सेवा करारमा लिएर काम गर्ने व्यबस्था मिलईनेछ । साथै गाउँपालिकाको
प्रशासनिक तथा संगठन संरचनाको संस्थागत प्रणालिलाई चुस्त, दुरुस्त, विश्वासनीय, क्षमतायुक्त र
प्रभावकारी बनाउन अत्याबश्यक दरबन्दीहरु स्वीकृत गरी उपयुक्त प्रकृयाबाट पदपुर्ति गर्ने व्यबस्थालाई
प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।

६१. गाउँपालिकाको न्यायिक समितिबाट सम्पादन हुने न्यायिक निरुपणका कार्यहरुलाई सम्बन्धीत
पक्षहरुले बिश्वास गर्ने गरी न्यायिक समितिका सदस्य तथा कर्मचारीहरुको क्षमता बिकास, न्यायिक समिति
सञ्चालनको लागि आबश्यक पर्ने पूजिगत तथा मानवीय क्षमताको कमी नहुने गरी कार्यक्रम बनाई
कार्यान्वयनमा ल्याईनेछ ।

६२. संघ, प्रदेश र स्थानीय तहको सहकार्य, सहअस्तित्व र समन्वयका आधारमा गाउँपालिकाको
बिकास गर्ने नीति अनुसार गाउँपालिकाले प्रस्ताब गरेका गौरवका आयोजनाहरुलाई कार्यान्वयन गराउनको
लागि प्रदेश तथा संघ सरकार संग हातेमालो गर्ने कार्य तदारुकताको साथ अगाडी बढाईनेछ ।

६३. नैतिकता, सदाचार, शिष्टचार र सुबिधा एवं आर्थिक हित कायम राख्न तथा आर्थिक,
सामाजिक र सांस्कृतिक क्षेत्रमा सुशासन, पारदर्शिता तथा न्यायपूर्ण समाज स्थापनाको लागि नीतिगत
प्रकृयाहरु पुरागरी कार्यान्वयनमा लैजाने व्यबस्था मिलाईनेछ ।

६४. दिगो बिकासको लक्ष्यलाई आत्मसात गरी गरिबी बिहिन समाज, भोकमारीको अन्त्य, राम्रो
स्वास्थ्य र समृद्घ जीवनस्तर, गुणस्तरीय शिक्षा, लै·िक समानता, स्वास्थ्य पानी र सरसफाई, खर्चले
धान्नसकिने उर्जा, मर्यादित काम र आर्थिक बृद्घि, उद्योग र पुर्वाधार, असमानतालाई घटाउने, सहर र
समुदायको दिगोपना, उपभोग र उत्पादनमा जिम्मेवारी, जलवायु सम्बन्धी कार्य, जमिनमुनिको जीवन
संरक्षण, भु–सतह संरक्षण, शान्ती न्याय र सुदिढ संस्थाहरु, लक्ष्य प्राप्तीका लागि साझेदारीलाई आधार
स्तम्भको रुपमा लिई आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमले प्रस्ताव गरेको लक्ष्य तथा उद्देश्य पुर्ति
गर्ने खालका आयोजना तथा कार्यक्रमहरु निर्माण गरी कार्यान्वयनमा गरिनेछ ।

६५. गोकुलगंगा गाउँपालिका अन्र्तगतका सरकारी कार्यालयका जिन्सी सामान, राजश्व, योजना र
पञ्जिकरण व्यबस्थापनका लागि स्टोर व्यबस्थापन सÇटवेयर प्रणालिको कार्यान्वयन गर्ने व्यबस्था
मिलाईनेछ ।

६६. समय समयमा हुन सक्ने विपत्तिको सामना गर्न नेपाल सरकार, प्रदेश सरकार स्थानीय तहले
निर्माण गरेको विपद्प्रतिकार्य योजनाको कार्यान्वयनको लागि आबश्यक बजेट तथा जनशक्तिको व्यबस्था
गरी कार्यान्वयन गर्ने व्यबस्था मिलाईनेछ । साथै गाउँपालिकाको आपतकालिन केन्द्रलाई व्यबस्थित रुपमा
सञ्चालन गर्ने व्यबस्था मिलाईनेछ ।

६७. गोकुलगंगा गाउँपालिकाको बिकास र समृद्घिको लागि गाउँपालिकालाई कार्यक्षेत्र बनाई
कार्यरत तथा भबिश्यमा कार्य गर्ने गरी सम्पर्कमा रहेका गैरसरकारी संस्थाहरुलाई आपसमा समन्वय गरी
काममा हुन सक्ने डुप्लिकेशनलाई निरुत्साहन गर्ने रणनीति अबलम्बन गरिनेछ । साथै यस्ता संस्थाहरुले
जनतालाई प्रत्यक्ष लाभ लिन सक्ने क्षेत्रमा लागानी गर्ने वातावरण निर्माण गरिनेछ ।

६८. गाउँपालिकालाई नेपालको संबिधान, २०७२ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले
दिएको अधिकार प्रयोग गरी कार्य सम्पन्न गराउन आबश्यक पर्ने कानुनहरु निर्माण तथा पुराना
कानुनहरुको समयानुकुल संशोधन र परिमार्जन गरी कार्यान्वयन गर्ने व्यबस्था मिलाईनेछ ।

६९. गोकुलगंगा गाउँपालिकालाई मुख्य कार्यक्षेत्र बनाई जनताहरुको आधारभुत आबश्यक्ताहरु
परिपुर्तिको लागि गाउँपालिका संगको समन्वय, सहकार्य र साझेदारीमा काम गरिरहेका ब्रिटीस वेल्फेयर,
सेतो गुँरास, ग्रिन तारा नेपाल, वन हर्ट, सामुदायिक बिकास समाज, रेस्ट, अपा·बाल मैत्रि अस्पताल बनेपा
लगायतका संघसंस्थाहरुले गर्ने कार्यहरुको उच्च सम्मान गर्दै आबश्यक सहयोग सहकार्य र साझेदारी गर्ने
नीतिलाई समयानुकुल बनाउँदै कार्यान्वयनमा लैजाने वातावरण निर्माण गरिनेछ ।

७०. सबै राजनीतिक दलसंग समन्वय र सहकार्य गर्ने नीति अनूरुप गोकुलगंगा गाउँपालिकालाई
समृद्घ र समुन्नत बनाउन प्रतिबद्घता व्यक्त गर्दै साझा सरोकारका बिषयहरु क्रमिक रुपमा कार्यान्वयन गर्दै
लगिने नीति अबलम्बन गरिनेछ ।

हामीले आर्थिक बर्ष २०७९÷०८० को लागि ६९ ओटा बुँदामा प्रस्तुत गरेका नीति तथा कार्यक्रमले
यस गाउँपालिकालाई “सभ्य, सक्षम र समृद्घ” गाउँपालिका निर्माण गर्नमा बिशेष योगदान दिनेछ भन्ने
बिश्वास लिएको छु । यो नीति तथा कार्यक्रम निर्माण गरी प्रस्तुत गरिरहँदा हामिलाई हाम्रो बिद्यमान
संबिधान र कानुनले प्रदान गरेका अधिकारहरुलाई ध्यानमा राखी आर्थिक बर्ष २०७९÷०८० लाई
“गुणस्तरिय शिक्षा हाम्रो प्रतिबद्घता” भन्ने मुल नारका साथ शैक्षिक क्षेत्रमा नयाँ सुरुवातका साथ
कार्यहरु गर्ने, शिक्षक तथा बिद्यार्थिहरुको लागि प्रोत्साहनको व्यबस्था गर्ने, गरिब तथा जेहन्दार बिद्यार्थिको
लागि उच्च तथा प्राबिधिक शिक्षा अध्ययन गर्न छात्रबृत्तिको व्यबस्था गर्ने सोच राखेका छौ भने
“गोकुलगंगा आव्हान नागरिकहरुको स्वास्थ जीवन” भन्ने भनाईका साथ स्वास्थ्य क्षेत्रमा बिगतका
बर्षहरुमा हुँदै आएका कार्यक्रमहरुलाई निरन्तरता दिदै थप सुधार गरी नागरिकहरुको स्वास्थ्य सुरुक्षालाई
प्राथमिकता दिने, दिर्घरोगिहरुको लागि निशुल्क औषधि वितरण गर्ने, ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने,
सुत्केरी महिलाहरुको स्वास्थ्य परिक्षण र बाल तथा मातृ मृत्युदर घटाउन निशुल्क एम्बुलेन्स र पोषण
भत्ताको समेत व्यबस्था गर्ने, “व्यबसायिक कृषि गोकुलगंगाको समृद्घि” भन्ने भनाईलाई सार्थकता दिन
किसानहरुका लागि उत्पादनमा आधारित प्रोत्साहन र सहुलियतपूर्ण कर्जा साथै यूवाहरुको लागि सिप तथा
व्यबसायको आधारमा सहुलियतपूर्ण कर्जाको व्यबस्था गर्ने नीति लिईएको छ ।

“नागरिकको पहुँचमा पुर्वाधार, गोकुलगंगा समृद्घिको आधार” भन्ने भनाईलाइ दृष्टिगत गरी
एक घर एकधारा कार्यक्रम, आकस्मिक मर्मत संभार कोष, पुर्वाधार निर्माण, एम्बुलेन्स सञ्चालन कोष,
मठ÷मन्दीर÷गुमबा÷चर्च लगायतका धार्मिक, सास्कृतिक सम्पदाको संरक्षण, पर्यटकिय क्षेत्रको बिकास र
बिस्तार गर्ने कार्यलाई थप व्यबस्थित गर्ने गरी निरन्तरता दिने साथै गाउँपालिका तथा मातहतको
कार्यालयहरुबाट प्रदान गरिने सेवा प्रवाहको लागि कार्यरतकर्मचारीहरुको क्षमता बिकास र आबश्यक थप
जनशक्तिको व्यबस्था गरी सेवा प्रवाहलाई थप चुस्त र दुरुस्त बनाउने लक्ष्य लिईएको छ । यस बाहेक भुमि
ब्यबस्था, बाँझो जमिनको व्यबस्थापन, उद्यम बिकास, अपा·ता भएका व्यक्ति, महिला तथा बालबालिका
तथा सिमान्तकृत र अल्पसंख्यक नागरिकहरुको आर्थिक तथा भौतिक बिकासको क्षेत्रमा बिशेष कार्यक्रम
निर्माण गरी कार्यान्वयन गर्ने संकल्पका साथ गाउँपालिकाको आर्थिक, सामाजिक तथा सास्कृतिक क्षेत्रको
बिकास गर्न यो नीति तथा कार्यक्रमले मार्गनिर्देश गरेको छ ।

दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा उपस्थित सम्पूर्ण महानुभावहरु, गोकुलगंगा गाउँपालिकाको
गाउँसभाको अधिवेशनमा प्रस्तुत आ.ब. २०७९÷०८० को नीति तथा कार्यक्रम धैर्यता पुर्वक सुनिदिनुहुने
उपाध्यक्षज्यू, वडाध्यक्षज्यूहरु, कार्यपालिका सदस्य, सभाका सदस्यहरु, राजनीतिक दल, प्रमुख प्रशासकीय
अधिकृत, कर्मचारी साथिहरु, सञ्चारकर्मी, गैरसरकारी संघसंस्था, सुरक्षाकर्मी, शिक्षाबृद, बुद्घिजिबी,
समाजसेवी, न्यायकर्मी, नागरिक समाज लगायत यस नीति तथा कार्यक्रम निर्माणमा संलग्न सम्पूर्ण मित्रहरु
सबैमा सधन्यवाद सहित हार्दिक आभार व्यक्त गर्न चाहन्छु । त्यसै गरी सहभागितात्मक योजना तर्जुमाको
प्रकृयाको सुरुवात संगै आजको यस नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहलाई सफलतापुर्वक
सम्पन्न गराउन भुमिका खेल्नुहुने निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुलाई बिशेष धन्यवाद दिन चाहन्छु

अन्त्यमा आर्थिक बर्ष २०७९÷०८० मा हाम्रो प्राथमिकताको क्षेत्र भनेको शिक्षा, स्वास्थ्य,
सामाजिक समाबेशिकरण, ज्येष्ठ नागरिक, यूवा, पुर्वाधार विकास, वन, वातावरण तथा बिपद व्यबस्थापन,
सार्वजनिक सेवा प्रवाह रहेको व्यबहोरमा निवेदन गर्न चाहन्छु । साथै यो नीति तथा कार्यक्रममा प्रस्ताव
गरिएका कार्यहरुलाई तदारुकताको साथ कार्यन्वयनमा जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, गैरसरकारी
संघसंस्था, सुरक्षाकर्मी, शिक्षाबृद, बुद्घिजिबी, समाजसेवी, न्यायकर्मी, नागरिक समाज लगायतका सम्पूर्ण
सरोकारवाला निकाय र गोकुलगंगा गाउँपालिकाबासी बुबाआमा, दाजुभाई, दिदीबहिनी लगायत सबैले
सहयोग गर्नु हुनेछ भन्ने पूर्ण बिश्वास लिएको छु ।

धन्यवाद ! जय गोकुलगंगा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार