लिखु तामाकोसी गाउँपालिकाको आब २०७९/८० को निति तथा कार्यक्रम सार्वजनिक

लिखु तामाकोसी गाउँपालिकाको आब २०७९/८० को निति तथा कार्यक्रम सार्वजनिक

रामेछापको लिखु तामाकोसी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको निति तथा कार्यक्रममा शिक्षा,स्वस्थ्य,कृषि,सडक र खानेपानीलाई प्राथमिकता दिइएको छ । पालिकाले ८३ करोड ३४ लाख बराबरको बजेट गाँउसभामा प्रस्तुत गरेको  छ ।

निति तथा कार्यक्रममा हलेदेदेखी धोवी बजारसम्नको सडक कालोपत्रे गर्ने,खोलानालाहरुमा कल्भर्ड निर्माण,गौरवका ठुला आयोजनाहरु निर्माण कार्यलाई प्राथमिकता,एक घर एक धारा कार्यक्रम,गाउँपालिका तथा वडा कार्यालयको भवन निर्माण,दुरागाउँ र खिम्ती विर्ता पहिरो विस्थापितलाई एकीकृत बस्ती निर्माण,कृषि तथा पशु विमा कार्यक्रम अभियान संचालक गर्ने जस्ता महत्वोपुर्ण कार्यक्रमहरुलाइ प्राथमिकता दिइएको छ ।

त्यसैगरी विदेशबाट फर्केका युवाहरूलाई उत्पादनमुलक व्यवसाय गर्न प्रोत्साहन गर्ने ,१५ शैया अस्पताल निर्माण कार्यलाई तिव्रता दिने,निशुल्क लोकसेवा कक्षा सन्चालन,हरेक वडा र पालिकाको मुख्री बजारमा सिसिटिभी जडान गर्ने कुरा निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष दिपा पाखृनले नवौँ गाउँसभामा निति कार्यक्रम प्रस्तुत गर्नुभएको हो । उत्त कार्यक्रमा विभिन्न राजनीति दलका प्रमुख एवम् प्रतिनिधिहरुले पालिकाको विकास र सम्वृद्दीमा लाग्न जनप्रतिनिधि सुझाव दिएका छ्न ।
कार्यक्रममा लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष केशव महत,उपाध्यक्ष दिपा पाखृन, ७ वटै वडाका वडाअध्यक्ष,वडासदस्य,गाउँकार्यपालिका सदस्य, विभिन्न राजनीति दलका प्रमुख एवं प्रतिनिधि,पत्रकार लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार