अमन बुढाथोकीले जन्मदिनमा खुवाए गरीब दुःखीलाई खाना

अमन बुढाथोकीले जन्मदिनमा खुवाए गरीब दुःखीलाई खाना

रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १ सानीमदौमा माता मन्दिरा बुढाथोकी र पिता शम्भु बुढाथोकीको कोखबाट दोश्रो सन्तानको रुपमा २०५४ साल असार १० गते जन्मिएका अमन बुढाथोकीले उनको जन्मोत्सको अवसरमा असार १० गते मन्थली देखी काठमाडौं गएर काठमाडौंको चिसो सडक पेटीमा रात बस्न बाध्य भएका दुःखी गरीब अशक्त तथा असहाय भएका सयौं मानिसहरुलाई रातको एक छाक तातो खाना र पानी खुवाएका छन् ।

अमनले मन्थलीको तामाकोशी इङलिस बोर्डिङ स्कुलबाट डिस्टिनसन श्रेणीमा एस्.एल्.सी. उत्रीण गरेका थिए भने तत् पच्चात प्लस टु सिन्धुलीको श्री जनज्योती माध्यमिक विद्यायलयबाट कृषि विषयमा प्रथम श्रेणीमा उत्रीण गरेका थिए । हाल उनी मन्थली बहुमुखी क्याम्पसमा ब्याचलर डिग्री अध्ययनरत छन् ।

सानै उमेरदेखी सामाजिक सेवामा सक्रिय युवा अमन अरुको दुःख पीडामा आफुले सकेको सहयोग प्रदान गर्दै आइरहेका छन् । हाल उनी सानीमदौ सोसयिल सिटी युवा क्लबमा सहसचीबको कार्यभार सम्हाल्दै आएका छन् ।

अमन सेवा नै धर्म हो भन्ने मुल मन्त्रलाई शिरोधार्य गर्दै अगाडी बढिरहेका छन् । कोरोना कहरले नेपालमा लकडाउन सुरु भए देखी गरीब दुःखीहरुको अन्नदाता बन्दै आएका मन्थली नगरपालिका वडा नंं. ४ सालुका युवा समाजसेवी प्रदिप घिमिरेले काठमाडौंमा रात्री भोजन सञ्चालन गर्दै आइरहेका छन् । प्रदिपले सञ्चालन गरेको भोजन दान जस्तो पुण्य कार्यमा अमन बढाथोकीले जन्मोत्सवको उक्त दिन भोजन सेवाका लागि सहयोग प्रदान गरेका थिए । उक्त दिन अमन आफैंले खाना पानी वितरण गरेका थिए । उनको परोपकारी कार्य आम युवाहरुको लागि प्रेरणाको श्रोत भएको छ ।.

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार