विद्युत अनियमित हुँदा रामेछापका नागरिक आक्रोसित

स्थानीयवासीले प्राधिकरण कार्यालय अगाडी धर्ना र नाराबाजी गर्ने

विद्युत अनियमित हुँदा रामेछापका नागरिक आक्रोसित

स्थानीयवासीले प्राधिकरण कार्यालय अगाडी धर्ना र नाराबाजी गर्ने

रामेछाप जिल्लामा पटकपटक बिजुली जाँदा यहाँका नागरिक आक्रोसित बनेका छन् । सरकारले दैनिक रूपमा भारतलाई बिजुली निर्यात गरिरहँदा देश भित्रकै नागरिक बिजुलीको अभाव खेपिरहेका छन् । रामेछापमा अहिले अघोषित लोडसेडिङ चलिरहेको छ । जसका कारण घर तथा कार्यालयमा असहज भइरहेको छ ।

बिजुली छिनमा आउने छिनमा जाने समस्याले जिल्ला अस्पतालको सेवा प्रवाहमा निकै समस्या परेको अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले बताउनुभयो । अस्पतालमा रहेका यन्त्र उपकरणहरु चलाउन बिजुली चाहने तर बिजुली आउने जाने समस्याले यन्त्र उपकरणहरु बिग्रने हो कि भन्ने चिन्ता थपिएको अध्यक्ष पाख्रिनले बताउनुभयो ।

अस्पतालमा आएका बिरामीहरु बिजुली आउने जाने समस्याले मारमा परेको उहाँले बताउनुभयो । रामेछापमा सामान्य हावाहुरी वा पानी पर्दा समेत बिजुली काटिने गरेको छ पटकपटक बिजुली जाँदा सुचना र सन्देशको भरपर्दो स्रोत रेडियो सन्चालनमै समस्या हुने गरेको हजुरको रेडियो रामेछापका स्टेशन म्यानेजर दिपक कुमार घिमिरेले बताउनुभयो । रामेछापमा दिनमा २० पटक भन्दा बढी बिजुली आउने जाने हुन्छ ।

दिउँसोको समयमा मात्रै हैन साँझ र राति खानाखाने बेला आवश्यकपर्ने बिजुली गैरहने समस्याले वाक्क दिक्क बनाएको रामेछापका स्थानिय रिता मगरको गुनासो छ । विद्युत प्राधिकरणका कर्मचारीको लापरवाहीले विद्युत आपुर्तिमा समस्या भइरहेको भन्दै स्थानीयवासीले प्राधिकरण कार्यालय अगाडी धर्ना र नाराबाजी गर्ने बताएका छन । नेपाल विद्युत प्राधिकरण रामेछापका प्रमुख कृष्णहरि दाहालले वर्षाको समय भएकाले हावाहुरी र पानी पर्दा रुखको हाँगा तथा पातहरुले तारमा छोइदा बिजुली आउने जाने समस्या देखिएको बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार