गौरीशंकर माविले विद्यार्थीबाट बढी शुल्क असुल्दै आएको अभिभावकको गुनासो

विद्यालयले विभिन्न नाममा विद्यार्थीबाट मनपरी शुल्क लिइरहेको छ ।

गौरीशंकर माविले विद्यार्थीबाट बढी शुल्क असुल्दै आएको अभिभावकको गुनासो

विद्यालयले विभिन्न नाममा विद्यार्थीबाट मनपरी शुल्क लिइरहेको छ ।

संविधानमै विद्यालय तहको शिक्षा निः शुल्क हुने उल्लेख गरिएको छ । तर पनि रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशंकर माध्यमिक विद्यालयले विद्यार्थीबाट बढी शुल्क असुल्दै आएको अभिभावकहरुले गुनासो गरेका छन ।

रामेछाप नगरपालिका ७ का निरु थापाले छोरालाई कक्षा ९ मा भर्ना गर्नुभयो । अँग्रेजी माध्यममा पढाउन छोरालाई भर्ना गर्दा उहाँले एक वर्षको शुल्क २६ हजार बुझाउनुभयो । निरु थापा भन्नुहुन्छ,‘नेपाली अँग्रेजी दुवै माध्यममा पढाउने शिक्षक एउटै छन हामीलाई विद्यालयले किन शुल्क धेरै लियो’।

गौरीशंकर माविले अँग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन गराउँदै आएको छ । आर्थिक रुपमा सबल अभिभावकहरुले आफना छोराछोरी अँग्रेजी माध्यममा पढाउने गरेका छन भने आर्थिक रुपमा कमजोर अभिभावकहरुले आफना छोराछोरी नेपाली माध्यममा पढाउने गरेका छन । एउटै विद्यालयमा नेपाली र अंग्रेजी माध्यमा पढाइ हुनु शिक्षामा असमानता हो भन्छन अभिभावक ।

गुणस्तरीय पठनपाठन हुने भन्दै विद्यालयले विभिन्न नाममा विद्यार्थीबाट मनपरी शुल्क लिइरहेको छ । स्वैच्छिक सहयोग भनिए पनि नियमित शुल्क नतिरेमा विद्यार्थीलाई परीक्षाबाट बञ्चित गर्ने चेतावनी विद्यालयले दिने गरिएको अविभावक पार्वती महताराले बताउनुभयो । उहाँले भन्नुभयो,‘अँग्रेजी माध्यममा पढाउनका लागि विद्यालयले नै महङ्गा पुस्तक तोकिदिने गरेको छ । हामी जस्ता न्युन आय भएकालाई छोराछोरी पढाउनै समस्या भयो’ ।

निः शुल्क शिक्षा पाउनुपर्ने अधिकारबाट बञ्चित गराई गौरीशंकर माविले विद्यार्थीसँग बढी शुल्क उठाउदा समेत स्थानिय सरकार चुप बसेको अभिभावक बिमला बस्नेतले बताउनुभयो । अँग्रेजी माध्यममा मात्रै हैन नेपाली माध्यमा पनि विद्यालयले चर्को शुल्क लिएको बस्नेतले बताउनुभयो । ‘विद्यार्थीसँग यति धेरे शुल्क लिँदा पनि रामेछाप नगरपालिका के हेरेर बसेको छ’ भन्दै उहाँले आक्रोस व्यक्त गर्नुभयो ।

समुदाय र अभिभावको माग र आवश्यकताको आधारमा अङ्ग्रेजी माध्यममा अध्यापन गराइएको र उनै शिक्षकहरूलाई तलव खुवाउन अभिभावकसँग मासिक सहयोग तथा भर्ना सहयोग लिनुपरेको विद्यालयका प्रधानाध्यापक निर बहादुर कार्कीले बताउनुभयो ।

यसवर्षको शैक्षिकशत्र शुरु भएसँगै गौरीशंकर माविले विविध समस्या देखाउँदै विद्यार्थीबाट अनावश्यक रुपमा गैरकानूनी ढङ्गले शुल्क असुल्ने गरेको पाइएको छ । रामेछाप नगरपालिका शिक्षा अधिकृत नमराज प्रसाद बडूले विद्यालयले बढी शुल्क लिए नलिएको बारे अनुगमन हुने बताउनुभयो ।

कुन कक्षाको कति छ त ? विद्यालयले लिँदै आएको शुल्क हेर्नुहोस् : 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार