सडक बालबालिकाको मिर्गौला बेच्ने रामेछापका एक सहित पाँच जना पक्राउ

प्रहरीले मृर्गौला बेचविखनमा संलग्न रहेको आरोपमा रामेछापका एक सहित पाँच जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सडक बालबालिकाहरुलाई प्रलोभनमा पारी मृगौला बेचबिखनमा संलग्न रहेको आरोपमा रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, बिमलबहादुर शाही र झापाका आशिष तामाङलाई पक्राउ गरिएको […]

‘ल्याण्डफिल्ड’ साइड निर्माणको काम गुणस्तरहिन भएको भन्दै भर्लेका स्थानिय आक्रोसित

रामेछाप बजारको फोहोर व्यवस्थापनका लागि रामेछाप नगरपालिका वडा नं ८ भर्लेमा ‘ल्याण्डफिल्ड’ साइड निर्माण भइरहेको छ । तर भर्लेका स्थानियले निर्माण कम्पनीले गुणस्तरहिन काम गरेको भन्दै आपत्ति जनाएका छन । त्यहाँका स्थानिय रमेश तामाङले निर्माण कम्पनीले लापरबाहि तरिकाले काम गरेको बताउनुभयो । ‘ल्याण्डफिल्ड’ साइडको कम्पाउन्ड जाली हाल्दा फलामको पोल थोरै मात्रै गाडेर हालिएको जसले गर्दा […]

लिखु तामाकोशी गाउँपालिकाले करारका कर्मचारी कसैको म्याद नथप्ने

रामेछापको लिखु तामाकोसी गाउँपालिकाले साउन १ गतेदेखी आफना सबै करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ । गाउँपालिकाले एक सुचना जारी गर्दै गाउँपालिका अन्तर्गतका करार सेवामा कार्यरत कर्मचारीको म्याद थप नगर्ने र हाजिर नगर्न,नगराउन समेत निर्देशन दिएको छ । गाउँपालिकाले जारी गरेको सुचनामा भनिएको छ, कार्यालय अभिलेखमा विगतका कर्मचारी कार्यालय समयमा उपस्थिति नहुने, पोशाक […]

अधिकांस करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न मन्थली नगरपालिकाको निर्देशन

अधिकांस करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न रामेछापको मन्थली नगरपालिकाकाले निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै केहि बाहेक सवै करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न,नगराउन निर्देशन दिएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले जानकारी दिनुभयो । मन्थली नगरपालिकाद्धारा जारी सुचनामा करार थप गर्ने विषयमा अर्को […]

यसवर्ष १५ दशमलव ४६ प्रतिशतले बेरुजु बढ्यो

महालेखा परीक्षक कार्यालयले ५९औं वार्षिक प्रतिवेदनसार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक टंकमणी शर्माले प्रतिवेदन बुझाउनुभएको हो । यसवर्षको महालेखाको प्रतिवेदनमा एक वर्षमा एक खर्ब १५ अर्ब ५० करोड रुपैयाँ बेरुजु देखिएको छ । यो बेरुजु रकम सङ्घ सरकार, प्रदेश सरकार र स्थानीय सरकारलगायत अन्य ठाउँको गरी हो ।हालसम्म बेरुजु ४ खर्ब ८३ अर्ब […]

भारतमा युवतीलाई बेच्न लैजादै गरेका रामेछापका घिसिङ पक्राउ

एक युवतीलाई भारतमा बेच्न लैजाने क्रममा रामेछापका युवक पक्राउ परेका छन । रामेछापको मन्थली नगरपालिका वडा नं १३ का वर्ष ४२ का बाबु घिसिङलाई प्रहरीले पक्राउ गरेको छ । घिसिङले ति युवतीलाई भारत तर्फ बेच्न लैजादै गर्दा विरगन्जबाट पक्राउ गरेको हो । भजपुर घर भएकी २२ वर्षकी ति युवतीलाई घिसिङले महिनाको ६० हजारको जागिर लगाईदिन्छु […]

रामेछाप नगरपालिकाद्धारा ३० जना उत्कृष्ट कृषकलाई सम्मान

रामेछाप नगरपालिकाले उत्कृष्ट कृषकहरुलाई सम्मान गरेको छ । आज नगरपालिकाले नगरभरीका ३० जना उत्कृष्ट कृषकलाई सम्मान गरेको हो । कृषि र पशुपालन व्यवसायमा आबद्ध भएर उत्कृष्ट काम गरेका ३० जना कृषकहरुलाई सम्मान गरिएको रामेछाप नगरपालिका कृषि शाखाले जानकारी दिएको छ । नगरपालिकाले उत्कृष्ट ३० जना कृषकलाई जनही २० हजार रुपैँया सहित सम्मान पत्र प्रदान गरेको […]

रामेछाप नगरपालिकाको आव २०७८/०७९ को सार्वजनिक सुनुवाई सम्पन्न

रामेछाप नगरपालिकाको चालु आर्थिक बर्ष २०७८/०७९ मा संचालित विकास आयोजना तथा कार्यक्रमहरुको प्रभावकारीता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका सुचना अधिकारी होम बहादुर थापाले नगरको समग्र प्रगति प्रतिवेदन सहित आर्थिक क्षेत्रमा सम्पन्न योजना विवरण जानकारी गराउनु भएको थियो । सुचना अधिकारी थापाले आर्थिक बर्ष […]

कृषि ज्ञान केन्द्र रामेछापमा कर्मचारी अभाव, काम प्रभावित

कृषि ज्ञान केन्द्र रामेछापमा कर्मचारीको अभावले काम प्रभावित भएको छ । कर्मचारीको कमिका कारण कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । कृषि ज्ञान केन्द्र रामेछापलाई दोलखा जिल्लाको समेत जिम्मेवारी दिइएको छ । केन्द्रमा १० जना अधिकृतको दरबन्दी हो । कार्यालय प्रमुखसहित अहिले ६ जना मात्र छन् । अन्य अधिकृत नहुँदा […]

सुकाजोरको लागी आईपुग्यो एम्बुलेन्स,बिरामीलाई हुने भयो सहज

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरको लागी एम्बुलेन्स आईपुगेको छ । वडा नं ७ सुकाजोरका वडाअध्यक्ष समिर कार्कीको पहलमा सुकाजोरको लागी एम्बुलेन्स आईपुगेको हो । सुकाजोर स्वास्थ्य चौकीको नाममा भारत सरकारको सहयोगमा एम्बुलेन्स प्राप्त भएको वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो । वडाका लागी एम्बुलेन्स प्राप्त भएसँगै अब के कसरी सन्चालन […]