रामेछापको ८ वटै स्थानिय तहको आ.ब २०७९/८० को निति,कार्यक्रम तथा बजेट सार्वजनिक

रामेछापको ८ वटै स्थानिय तहको आ.ब २०७९/८० को निति,कार्यक्रम तथा बजेट सार्वजनिक

रामेछापको ८ वटै स्थानिय तहले आर्थिक वर्ष २०७९÷८० को निति,कार्यक्रम तथा बजेट सार्वजनि गरेका छन । सबै पालिकाले निति तथा कार्यक्रममा शिक्षा,स्वस्थ्य,कृषि,सडक र खानेपानीलाई प्राथमिकता दिएका छन ।

रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि निति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । निति,कार्यक्रम तथा बजेटमा शिक्षा,स्वस्थ्य,कृषि,सडक र खानेपानीलाई प्राथमिक दिइएको छ । रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले ११ औं नगर सभामा निति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो । उपप्रमुख बालकुमारी कार्कीले ७४ करोड ६५ लाखको बजेट सभामा प्रस्तुत गर्नुभयो ।

मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि १ अर्ब ४० करोड ७८ लाखको बजेट प्रस्तुत गरेको छ । मन्थली नगरकी उपप्रमुख इश्वरी बस्नेतले नगरसभामा १ अर्ब ४० करोड ७८ लाख ५३ हजारको बजेट प्रस्तुत गनुृभयो । विनियोजित बजेटमध्ये चालुतर्फ ९६ करोड २७ लाख ३ हजार र पूँजीगत तर्फ ४४ करोड ५१ लाख ५० हजार रहेको छ । बाँडफाँड गर्न मिल्ने ५६ करोड ८ लाख ११ हजार रकम विनियोजन गरिएकोमा चालुतर्फ २६ करोड २८ लाख ७१ हजार र पूँजीगततर्फ ३० करोड ५ लाख ५१ हजार रहेको छ । यता रामेछाप नगरपालिकाले ७४ करोड ६५ लाखको बजेट सभामा प्रस्तुत गरेको छ ।

लिखु तामाकोसी गाउँपालिकाले ८३ करोड ३४ लाख बराबरको बजेट गाँउसभामा प्रस्तुत गरेको छ । निति तथा कार्यक्रममा हलेदेदेखी धोवी बजारसम्नको सडक कालोपत्रे गर्ने,खोलानालाहरुमा कल्भर्ड निर्माण,गौरवका ठुला आयोजनाहरु निर्माण कार्यलाई प्राथमिकता,एक घर एक धारा कार्यक्रम,गाउँपालिका तथा वडा कार्यालयको भवन निर्माण,दुरागाउँ र खिम्ती विर्ता पहिरो विस्थापितलाई एकीकृत बस्ती निर्माण,कृषि तथा पशु विमा कार्यक्रम अभियान संचालक गर्ने जस्ता महत्वोपुर्ण कार्यक्रमहरुलाइ प्राथमिकता दिइएको छ । त्यसैगरी विदेशबाट फर्केका युवाहरूलाई उत्पादनमुलक व्यवसाय गर्न प्रोत्साहन गर्ने ,१५ शैया अस्पताल निर्माण कार्यलाई तिव्रता दिने,निशुल्क लोकसेवा कक्षा सन्चालन,हरेक वडा र पालिकाको मुख्य बजारमा सिसिटिभी जडान गर्ने कुरा निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

गोकुलगंगा गाउपालिकाले ७१ करोड ६४ लाख ९९ हजारको बजेट सार्वजनिक गरेको छ । गाउपालिकाकी उपाध्यक्ष उषा कार्कीले बजेट प्रस्तुत गर्नुभयो । गाउँपालिकाले आर्थिक बिकास तर्फ १ करोड १८ लाख , सामाजिक बिकास तर्फ चार करोड ७५ लाख ,पुर्बाधार कार्यक्रम तर्फ ७ करोड ९७ लाख,बन बाताबरण तथा विपत व्यबस्थापन तर्फ १ करोड ३५ लाख,सुशासन तथा संंस्थाथागत बिकास तर्फ १ करोड र वडा कार्यालय ७ करोड २५ लाख बजेट बिनियोजन गरेको छ ।

खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ८० करोड ८१ लाख १७ हजारको बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङ्ले बजेट प्रस्तुत गर्नुभयो ।

सुनापति गाउँपालिकाले आगामी आर्थिक वर्षको २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पालिकाकी उपाध्यक्ष गीता विष्टले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गनुृभयो ।

उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि ७० करोड ६६ लाख को बजेट ल्याएको छ । पालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले गाउँसभामा बजेट प्रस्तुत गनुृभयो ।

दोरम्बा शैलुङ् गाउँपालिकाले ५८ करोड १८ लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको छ । पालिकाकी उपाध्यक्ष खमला थापा मगरले गाउँसभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गनुृभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार