रामेछाप नगरपालिकाको आब २०७९/८० को निति,कार्यक्रम तथा बजेट सार्वजनिक

रामेछाप नगरपालिकाको आब २०७९/८० को निति,कार्यक्रम तथा बजेट सार्वजनिक

रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि निति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको निति,कार्यक्रम तथा बजेटमा शिक्षा,स्वस्थ्य,कृषि,सडक र खानेपानीलाई प्राथमिक दिइएको छ । रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले  ११ औं नगर सभामा निति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो ।

आज प्रस्तुत निति,कार्यक्रममा पर्यटकको रहर : फुलै फुलको सहर,रामेछाप बासीको रहर : एेतिहासिक नगर,स्व्च्छ पिउने पानी : स्वस्थ जिन्दगीनी,सिँचाइ सुविधा गह्रा गह्रा : रामेछाप नगर हराभरा , जेष्ठ नागरिक समाजको आधार : घरघरमै स्व्ाास्थ्य परिक्षण र उपचार,स्व्च्छ र स्वास्थ स्वास : शान्त र शितल आवास : उज्यालो नगर सुरक्षित शहर,स्थानीय सरकारको अपरिहार्यता : उत्तरदायीत्व र पारदर्शिता,स्व्ाास्थ्य नागरिक समृद्द नगर,दिगो पुर्वधार सम्वृद नगरको आधार र महिलासँग उपेयर जस्ता महत्वोपुर्ण निति तथा कार्यक्रमहरुलाइ प्राथमिक दिइएको छ ।

नगरपालिकाले  अघिल्लो आर्थिक वर्षमा पुरा हुन नसकेका योजनालाई नै निरन्तरता दिने जनाएको छ । नगरपालिकाका उपप्रमुख बालकुमारी कार्कीले ७४ करोड ६५ लाखको बजेट सभामा प्रस्तुत गर्नुभयो । कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने,प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे,९ वटै वडाका वडाअध्यक्ष,वडा सदस्य,कार्यपालिका सदस्य र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

निति,कार्यक्रम तथा बजेटको पूर्णपाठ पढ्न तल क्लिक गर्नुहोला  : 

आ.व.079 80 को वजेट भाषण

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार