रामेछाप बाबियाखर्कमा अटो र मोटरसाइकल ठोक्कियो

रामेछाप बाबियाखर्कमा अटो र मोटरसाइकल ठोक्कियो

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ बाबियाखर्कमा अटो र मोटरसाइकल एकअपसमा ठोक्किएर दुर्घटना भएको छ । आज साँझ  सदरमुकाम मन्थलीबाट रामेछाप डाँडा आउँदै गरेको प्रदेस २ ०४००१ ह ००१३ नम्बरको अटो र रामेछाप डाँडाबाट बाबियाखर्क जाँदै गरेको बागमती प्रदेश ०२ ०२१ प ८४८९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक रामेछाप नगरपालिका ८ का रमेश तामाङ सामान्य घाइते हुनुभएको छ । उहाँको जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरी चौकी रामेछाप डाँडाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार