नेपालमै पहिलो पटक हायु भाषा पढाउँदै महाकाली आधारभूत विद्यालय

हायु भाषासँगै धर्म, संस्कार र संस्कृति पनि लोप हुने अवस्थामा

नेपालमै पहिलो पटक हायु भाषा पढाउँदै महाकाली आधारभूत विद्यालय

हायु भाषासँगै धर्म, संस्कार र संस्कृति पनि लोप हुने अवस्थामा

नेपालकै लोपन्मुख जाति हायुको भाषा लोप हुने अवस्थामा छ । केहि बुढापाका बाहेकका अरु कसैले हायु भाषा बोल्न जान्दैनन् । हायु भाषा बोल्न र लेख्न जान्नुभएका महाकाली आधारभूत विद्यालयका शिक्षक रमेश हायुले विद्यालयका विद्यार्थीहरुलाई हायु भाषा पढाउन थाल्नुभएको छ ।

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयमा अहिले शिक्षक रमेश हायुले हरेक दिन ४५ मिनेट हायु बालबालिकालाई हायु भाषा वढाउनुहुन्छ । अहिले कक्षा १ देखी ५ सम्मका हायु बालबालिकालाई भाषा पढाइरहेको भन्दै उहाँले अब कक्षा ८ सम्मका हायु बालबालिकालाइ पनि हायु भाषा पढाउने तयारी भैरहेको बताउनुभयो ।

पछिल्लो समय लोप हुँदै गएको हायु भाषा,संस्कार र संस्कृती संरक्षणमा कुनै निकायले पनि चासो नदेखाएको महाकाली आधारभूत विद्यालयका शिक्षक सुजन हायुले बताउनुभयो । स्थानिय तहले हायु भाषा र संस्कृती संरक्षणमा केहि काम नगरेको उहाँको गुनासो छ ।

हायु भाषासँगै धर्म, संस्कार र संस्कृति पनि लोप हुने अवस्थामा

लोपोन्मुख जातिमा पर्ने यो जातिको आफ्नै भाषा, धर्म, संस्कार र संस्कृति छन् तर ती सबै लोप हुने अवस्थामा पुगेका छन् । सरकारले हायु जातिलाई लोपोन्मुख जातिको सूचीमा राखेर मासिक प्रतिव्यक्ति ४ हजार भत्तासमेत दिँदै आएको छ । मंगोल महावंशको किराँत समुदाय अन्र्तगत पर्ने हायु जाति रामेछाप, सिन्धुली,उदयपुर,काभ्रे, ओखलढुंगा,सर्लाही लगायतका केहि जिल्लामा छरिएर बसेको पाइन्छ । अत्यन्तै न्यून संख्यामा रहेका कारण यो जातिका भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षणमा कसैले पनि खासै ध्यान दिएको पाइँदैन ।

विकिपिडियाका अनुसार हायु समुदायको परिचय

विकिपिडियाका अनुसार हायु किरात समुदाय भित्र पर्दछ । हायुहरुको सबभन्दा ठुलो र शक्तिशाली देवी ईस्वारीय आस्थाका केन्द्र उप्क्षिमी रानी हो । जुन देवीको थान रामेछाप नगरपालीका वडा नं. ७ मुडाजोरको पालीगाउँ स्थित पर्दछ । विशाल काभ्राको रुखको फेदमा छ उप्क्षिमी रानीको मन्दिर ।

जसलाई अरु समुदायले महाकाली देवी भनि नामाकण गरेका छन् । हरेक वर्ष फागु र्बमाको दिन देखी १० दिन सम्म पुजा हुन्छ र हरेक वर्ष श्री स्वस्थानी पुर्णिमाको दिन देखी १० दिन सम्म पुजा हुन्छ । जसलाई हायुहरु आफ्नो मुख्य चाड दशैँको रुपमा मनाउने गर्दछन् । पुजा अनुष्ठान गर्ने बेलामा सबै जिल्लाबाट हायुहरु भेला हुने गर्दछ ।

पुर्खेउली उखान अनुसार सुरेल, सुनुवार, राई, लिम्बू र हायू एउटै परिवारबाट निः स्रुत भएका छ्न् यसरी ५ भाईमध्ये कान्छोको सन्तान हायू हो । हायू जातिले दोम्की–ढोल, ज्याम्की–झ्याम्टा, घण्टा आदि लोकबाजाहरू प्रयोग गर्दछन् । केही वर्षयता हायु जातिमा आफ्नो जातिको फरक गोत्रमा भन्दा अन्य जातिमा प्रेम विवाह गर्ने चलन बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार