रामेछापमा एमाले कार्यालय पुनःस्थापना,मन्त्रीले नै राखे बोर्ड

सर्वोच्च अदालतको फैसलापछि रामेछापमा विघटित नेकपा एमाले ब्युँतिएको छ । रामेछाप सदरमुकाम मन्थलीमा रहेको पार्टी कार्यालयमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ । एमाले जिल्ला कार्यालयको बोर्ड राख्न बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि रामेछाप आउनुभएको थियो । मन्त्रि ढुंगलले मन्थली कटहरबोटमा पुरानै ठाउँमा रहेको एमालेको पार्टी कार्यालय उदघाटन गर्नुभएको छ ।

रामेछापमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (फोटोफिचर)

आज १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस मनाउन लागिएको छ । रामेछापको मन्थली नगरपालिका,रामेछाप नगरपालिका लगायत अन्य पालिकाहरुमा पनि विभिन्न कार्यक्रमहरु भईरहेका छन । समान कामको समान ज्याला पाउनुपर्ने […]

वडा कपलाई हामी हरेक वर्ष निरन्तरता दिन्छौ : वडाअध्यक्ष कार्की

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका वडाअध्यक्ष समिर कार्कीले वडा कप फुटबल प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने बताउनुभयो । यस वर्ष प्रथम वडाकप फुटबल प्रतियोगिता सन्चालन गर्दा युवाहरुको उल्लेख्य मात्रमा सहभागीता भएको उल्लेख गर्दै उहाँले अबदेखी हरेक वर्ष यो प्रतियोगितालाई निरन्तरता दिने बताउनुभयो । यस्ता प्रतियोगिताले खेलाडीहरु उत्पादन,प्रोत्साहन तथा उनिहरुलाई हौसला मिल्ने भन्दै वडाअध्यक्ष […]

रामेछापको मन्थली नगरपालिकामा १५ दिने निशुल्क लोकसेवा तयारी कक्षा सुरु

रामेछाप जिल्लाको मन्थली नगरपालिकाले लोकसेवाद्धारा लिइने नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने नगरका दलित तथा जनताति महिलाहरुको लागी १५ दिने निशुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गरेको छ । १५ दिनसम्म सन्चालन हुने तयारी कक्षामा नगरपालिकाका ४५ जनाभन्दा बढी नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने उम्मेदवारहरुले सहभागीता जनाएका छन । १५ दिने […]

प्रथम सुकाजोर वडा कप फुटबल प्रतियोगिता सुकाजोर युवा विकास समाजले जित्यो

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा जारी प्रथम सुकाजोर वडा कप फुटबल प्रतियोगिता सुकाजोर युवा विकास समाजले जितेको छ । प्रथम हुँदै सुकाजोर युवा विकास समाजले नगद २० हजारको साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा द्धितिय हुन सफल जागरुक युवा क्लबले नगद १५ हजारको साथमा शिल्ड मेडल र प्रमाण […]

प्रेस युनियन रामेछापको सातौ साधारणसभा सम्पन्न

नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापको सातौ साधारणसभा तथा बनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ । नेपाल प्रेस युनियन रामेछाप शाखाको स्थापना देखि हाल सम्मको अवस्था, व्यवसायिक र क्रियाशिल पत्रकारिताका विषयमा छलफल गर्दै सातौ साधारणसभा सम्पन्न भएको हो । नेपाल प्रेस युनियन बागमती प्रदेश विशेष समितिका सचिव हिमाल ढुंगेलको प्रमुख आतिथ्यता एवम नेपाल प्रेस युनियन […]

प्रथम सुकाजोर वडा कप फुटबल प्रतियोगिता आजदेखी सुरु

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर वडा कप फुटबल प्रतियोगिता आजदेखी सुरु भएको छ । प्रतियोगितामा वडाभित्रका ६ वटा टिमले सहभागीता जनाएका छन । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । उपप्रमुख खड्काले खेलाडी तथा खेल क्षेत्रको विकासका लागी यस्ता प्रतियोगिताहरुले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । वडामा रहेका खेलाडीहरुहरुको रुचि तथा आवश्यकता […]

सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति

सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ । आज राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गर्नुभएको छ । सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच हिजो भएको सहमतिमा आज विशेष कार्यक्रमका बीच हस्ताक्षर भएको […]

रामेछापको मन्थलीमा अग्नि नियन्त्रक अनुशिक्षण तालिम सम्पन्न

रामेछापको सदरमुकाम मन्थलीमा अग्नि नियन्त्रक अनुशिक्षण तालिम सम्पन्न भएको छ । ३ दिनसम्म सन्चालन भएको तालिमा सशस्त्र प्रहरी, जनपथ प्रहरी, नेपाली सेना, मन्थली नगरपालिकाका कर्मचारीहरू,नेपाल रेडक्रस सोशााइटीका कर्मचारी तथा स्वंयेमसेवक, र जिल्ला वन कार्यालयका कर्मचारी गरि ३५ जना सहभागी थिए । मन्थली नगरपालिका र नागरिक उडड्यन कार्यालयको सहयोगमा सशस्त्र प्रहरी वल,नेपाल आश्रित गुल्मले उक्त तालिम […]

हिमगंगाका असहाय तथा विपन्न परिवारका बालबालिकाहरुलाई सहयोग

रामेछाप नगरपालिका वडा नंं ४ हिमगंगाका असहाय तथा विपन्न परिवारका बालबालिकाहरुलाई रामेछाप नगरपालिकाले सहयोग गरेको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखा मार्फत हिमगंगाका २० जना असहाय तथा विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालय पोशाक,झोला,कपिकलम लगायतका सामाग्रीहरु सहयोग गरिएको हो । हिमगंगाका विभिन्न विद्यालयमा अध्यन गर्ने गरिब,विपन्न,असहाय र टुहुरा बालबालिकाहरुलाई सहयोग गरिएको महिला तथा बालबालिका शाखाका प्रमुख […]