भालुखोप गैरी गाउँका ३५ जनाले सिके व्यवसायिक बंगुर पालन सम्बन्धी सिप

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ भालुखोप गैरी गाउँका ३५ जना किसानले व्यवसायिक बंगुर पालन सम्बन्धी सिप सिकेको छन । घरेलु तथा साना उद्योग कार्यालय रामेछाप र रामेछाप जिल्ला लघु उद्यमी समुह संघको आयोजनामा उनिहरुलाई तालिम दिइएको हो । ७ दिनसम्म सन्चालन भएको तालिममा बंगुर पालन सम्बन्धी सिप विकास र उद्यमशिलता विकास तालिम प्रदान गरिएको […]

रामेछाप नगरपालिकामा एमालेको पार्टी कार्यालय उद्धघाटन

रामेछापको रामेछाप नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को रामेछाप नगर पार्टी कार्यालय उद्धघाटन गरिएको छ । रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजारमा आजबाट पार्टी कार्यालय सन्चालनमा आएको हो । बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि कैलाश प्रसाद ढंगेले रिबन काटेर पार्टी कार्यालयको उद्धघाटन गर्नुभयो । पार्टी कार्यालय उदघाटन कार्यक्रममा तत्कालिन एमालेका जिल्ला अध्यक्ष शान्ति […]

रामेछाप नगरपालिकाका मेलमिलाप कर्ताहरुलाई कानुनी शिक्षा

रामेछापको रामेछाप नगरपालिकाले नगर क्षेत्रमा रहेका मेलमिलाप कर्ताहरुलाई कानुनी साक्षरता सम्बन्धी अभिमुखिकरण गराएको छ । रामेछाप नगरपालिकाका उपप्रमुख एवं न्यायीक समितिका संयोजक सृजना खड्काको अध्यक्षतामा कार्यक्रम गरी नगरभरी रहेका हरेक वडाका वडा संयोजक सहित २ जनागरी १८ जना मेलमिलाप कर्ताहरुलाई कानुनी साक्षरताका बारेमा प्रशिक्षित गरिएको हो । समाजमा सकभर झैझगडाको बाताबरण सृजना हुनै नदिने गरी […]

रामेछापमा एमाले कार्यालय पुनःस्थापना,मन्त्रीले नै राखे बोर्ड

सर्वोच्च अदालतको फैसलापछि रामेछापमा विघटित नेकपा एमाले ब्युँतिएको छ । रामेछाप सदरमुकाम मन्थलीमा रहेको पार्टी कार्यालयमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ । एमाले जिल्ला कार्यालयको बोर्ड राख्न बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि रामेछाप आउनुभएको थियो । मन्त्रि ढुंगलले मन्थली कटहरबोटमा पुरानै ठाउँमा रहेको एमालेको पार्टी कार्यालय उदघाटन गर्नुभएको छ ।

रामेछापमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (फोटोफिचर)

आज १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस मनाउन लागिएको छ । रामेछापको मन्थली नगरपालिका,रामेछाप नगरपालिका लगायत अन्य पालिकाहरुमा पनि विभिन्न कार्यक्रमहरु भईरहेका छन । समान कामको समान ज्याला पाउनुपर्ने […]

वडा कपलाई हामी हरेक वर्ष निरन्तरता दिन्छौ : वडाअध्यक्ष कार्की

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका वडाअध्यक्ष समिर कार्कीले वडा कप फुटबल प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने बताउनुभयो । यस वर्ष प्रथम वडाकप फुटबल प्रतियोगिता सन्चालन गर्दा युवाहरुको उल्लेख्य मात्रमा सहभागीता भएको उल्लेख गर्दै उहाँले अबदेखी हरेक वर्ष यो प्रतियोगितालाई निरन्तरता दिने बताउनुभयो । यस्ता प्रतियोगिताले खेलाडीहरु उत्पादन,प्रोत्साहन तथा उनिहरुलाई हौसला मिल्ने भन्दै वडाअध्यक्ष […]

रामेछापको मन्थली नगरपालिकामा १५ दिने निशुल्क लोकसेवा तयारी कक्षा सुरु

रामेछाप जिल्लाको मन्थली नगरपालिकाले लोकसेवाद्धारा लिइने नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने नगरका दलित तथा जनताति महिलाहरुको लागी १५ दिने निशुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गरेको छ । १५ दिनसम्म सन्चालन हुने तयारी कक्षामा नगरपालिकाका ४५ जनाभन्दा बढी नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने उम्मेदवारहरुले सहभागीता जनाएका छन । १५ दिने […]

प्रथम सुकाजोर वडा कप फुटबल प्रतियोगिता सुकाजोर युवा विकास समाजले जित्यो

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा जारी प्रथम सुकाजोर वडा कप फुटबल प्रतियोगिता सुकाजोर युवा विकास समाजले जितेको छ । प्रथम हुँदै सुकाजोर युवा विकास समाजले नगद २० हजारको साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा द्धितिय हुन सफल जागरुक युवा क्लबले नगद १५ हजारको साथमा शिल्ड मेडल र प्रमाण […]

प्रेस युनियन रामेछापको सातौ साधारणसभा सम्पन्न

नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापको सातौ साधारणसभा तथा बनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ । नेपाल प्रेस युनियन रामेछाप शाखाको स्थापना देखि हाल सम्मको अवस्था, व्यवसायिक र क्रियाशिल पत्रकारिताका विषयमा छलफल गर्दै सातौ साधारणसभा सम्पन्न भएको हो । नेपाल प्रेस युनियन बागमती प्रदेश विशेष समितिका सचिव हिमाल ढुंगेलको प्रमुख आतिथ्यता एवम नेपाल प्रेस युनियन […]

प्रथम सुकाजोर वडा कप फुटबल प्रतियोगिता आजदेखी सुरु

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर वडा कप फुटबल प्रतियोगिता आजदेखी सुरु भएको छ । प्रतियोगितामा वडाभित्रका ६ वटा टिमले सहभागीता जनाएका छन । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । उपप्रमुख खड्काले खेलाडी तथा खेल क्षेत्रको विकासका लागी यस्ता प्रतियोगिताहरुले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । वडामा रहेका खेलाडीहरुहरुको रुचि तथा आवश्यकता […]