कक्षा ११ को ग्रेडवृद्धि तथा आङ्शिक परीक्षाको नतिजा प्रकाशित

कक्षा ११ को ग्रेडवृद्धि तथा आङ्शिक परीक्षाको नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको छ । असोज ११ गते लिएको परिक्षामा ७९.०६ प्रतिशत उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षाफल राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट सहित नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा १६०१ नम्बरमा डायल गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।

ग्रेडवृद्धि तर्फ २१ हजार ८ सय १६ र आंशिकतर्फ २ हजार ९ सय ८ गरी जम्मा २४ हजार ७२४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । साथै २०७८ सालको कक्षा १२ को ग्रेड वृद्धि पूरक परीक्षाको परीक्षा केन्द्र पनि निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार